Wednesday, April 25, 2012

नेपालमा साउदी दूतावासको काम मे महिनाबाटै शुरू हुने


२३ अप्रिल २०१२
धरम के.सी.

नेपालमा साउदी अरबको दूतावास खोल्ने साउदी सरकारको औपचारिक निर्णय भए लगत्तै गतः ७ अप्रिलमा साउदी सरकारको एक टोली नेपाल गई दूतावास खोल्नका लागि नेपाल सरकारका सम्बन्धित अधिकारीहरूसंग थप छलफल गरी दूतावास खोल्ने तत्कालिन र दीर्घकालिन ब्यवस्थापन मिलाएर गतः १४ अप्रिलमा साउदी फर्केको छ । साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेयज्युले दिनुभएको जानकारी मुताबिक अब मई २०१२ मै साउदी दूतावासका काम काठमाडौबाटै हुनेभएका छन । यसका लागि साउदी सरकारले हाल हंगकंगमा कार्यरत एक कुटनैतिक अधिकारीलाई नेपालका लागि Charge D’ Af-faires मा नियुक्त गर्नेभएको छ । शुरूमा होटल सोल्टी क्राउन प्लाजाबाट साउदी दूतावासले काम गर्नेछ भने दूतावासका लागि केही महिनामै छुट्टै घर भाडामा लिइनेछ । साउदी प्रतिनिधी टोलीले दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा समेत हेरेर आएको छ । काठमाडौमा साउदी अरबको दूतावास खुलेको हेर्न चाहने लाखौं नेपालीहरू, नेपाली म्यानपावर कम्पनीहरू र नेपाल सरकारको बर्षौं अघिदेखिको चाहना र प्रयासले अब केही हप्तामै मुर्त रूप लिंदै गर्दा सम्बन्धित सबैमा बिशेष खुशी छाएको छ ।