Friday, October 19, 2012

चौतर्फी बिरोधका बीच २०१३ को पोर्चुगिस बजेट सार्बजनिक।


-भीम के सी कमल
लिस्बन१७ अक्टोबर
पोर्चुगल सरकारका अर्थमन्त्री भितोर गास्परले इतिहासकै उनकै शब्दमा 'टफेस्टबजेट सोमबार सार्बजनिक गरेका छन्। भारि मात्रामा सुबिधा कटौती र करका सिमाहरुमा भएको बढोत्तरीले निक्कै बिबादास्पद हुने अनुमान गरिएको यो बजेटको ब्यापक आलोचना भै रहेको छ।
अर्थमन्त्री गास्परले पोर्चुगिस संसदकी सभामुख असुन्साँओ इस्तेभेसलाई लिस्बन स्थित पार्लियामेन्ट भवनमा बजेटको प्रति हस्तान्तरण गरेर सार्बजनिक गरेको केहि मिनेटमै संसद भवन वरिपरी बिरोध प्रदर्शन भएको थियो जसमा प्रहरीले लाठिचार्ज गर्दा प्रहरी र प्रदर्शनकारी गरी दर्जनौ घाइते भएका छन्।
युरोपियन युनियनले गत बर्ष पोर्चुगललाई १०१ बिलियन डलरको अर्थतन्त्र-उद्धार (Bailout) सहायता गरे पछि तयार गरिएको यो बजेट इतिहासमै सबै भन्दा अनुदार बजेट भएको आरोप लगाउदै प्रमुख प्रतिपक्षी सोसलिष्ट पार्टीका नेता आन्तोनीयो जोसे सेगुरोले यो बजेटलाई पोर्चुगिस अर्थतन्त्र ध्वस्त पार्ने 'आर्थिक एटम बम'को संज्ञा दिदै कटु आलोचना गरेका छन्।
गत सालको औसत आयकर बृद्धी ९.भन्दा १३.ले आयकरमा भएको बृद्धीले सरकारलाई राजस्व अभिबृद्धीमा सहयोग पुगि कुल बजेट घाटा ४.५ प्रतिशत पुग्ने अनुमान बजेटले गरेको छ जुन युरोपियन युनियनले निर्दिष्ट गरेको मापदण्ड ३ प्रतिशत भन्दा अझै १.५ प्रतिशतले बढि हो। त्यसै गरी सरकारले खर्च कटौतीका बिभिन्न योजनाहरु बजेटमा प्रस्ताबित गरेको छ। जसबाट ३.४ बिलियन डलरको बचत हुने छ भने सार्बजनिक क्षेत्रका जम्मा ६,००,००० मध्ये २ प्रतिशत अर्थात १२,००० कर्मचारीहरु बेरोजगार हुनेछन्। जसबाट हालको बेरोजगारी दर १५.बाट बढेर २०१३ मा बेरोजगारी दर १६.पुग्ने प्रक्षेपण बजेटले गरेको छ।
युरोपियन युनियनको दबाब तथा बिपक्षी दल तथा सिजिटिपी लगायतका प्रमुख मजदुर युनियनहरुको चर्को बिरोधसंगै प्रधानमन्त्री पासोस म्यानुयलको सरकारले ल्याएको बजेटमा ब्यक्तिगतब्यबशायीक तथा सम्पती करको दरमा गरिने बढोत्तरीबाट ४.३ बिलियन युरो तथा बिभिन्न सुबिधाहरुमा गरिने कटौतीबाट १ बिलियन युरो गरी जम्मा ५.३ बिलियन युरो थप राजस्व सरकारले संकलन गर्ने लक्ष्य लिएको छ।
एकातिर करको दरमा गरिएको भारी भरकम बढोत्तरी तथा अर्को तर्फ पेन्सनसामाजिक सुरक्षा तथा सार्बजनिक खर्चमा गरिएको कटौतीबाट मजदुर तथा निम्न मध्यम बर्गिय परिबारमा ठुलो असर पर्ने बताउदै बजेटका यस्ता प्रावधानहरुको बिरोधमा नोभेम्बर १४का दिन आम हड्तालको आयोजना गरिएको जानकारी प्राप्त भएको छ।

तस्बिर सौजन्यलुसा
(अर्थमन्त्री भितोर गास्परले सभामुख असुन्साँओ इस्तेभेसलाई बजेट हस्तान्तरण गर्दै।)

Monday, July 9, 2012

एनआरएन पोर्चुगलको बार्षिक साधारण सभा जुलाइ ८ मा।

-भीम के सी
लिस्बन

गैर आवाशिय नेपाली संघ पोर्चुगलको छैठौं बार्षिक साधारण-सभा यहि जुलाइ ८ तारिख आइतबारका दिन मार्केस पोम्बाल स्थित होटल फेनिक्सको सभाकक्षमा दिउसो ३ बजे देखि सम्पन्न हुने भएको छ। साधारण-सभालाइ ब्यबस्थित रुपमा सम्पन्न गर्न संघका अध्यक्ष रमेश कुमार गुरुङको संयोजकत्वमा रहेको ब्यबस्थापन समितिले प्रतिबेदन तयारी, हल ब्यबस्थापन लागायतका तयारी सम्बन्धि सम्पुर्ण कार्यहरु तदारुकताका साथ अगाडि बढाइरहेको जानकारी प्राप्त भएको छ।

साधारण सभामा सहभागि हुनको निम्ति सम्पुर्ण पोर्चुगलबासि नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाई आग्रह गर्दै नया सदश्यता लिन इच्छुक साथिहरुले एन आर एन पोर्चुगलको कार्यालयमा सम्पर्क गरी सदश्यता लिनु हुन समेत एन आर एनले अनुरोध गरेको छ। संघको बार्षिक तथा आर्थिक प्रगति प्रतिवेदन संघको वेबसाइट www.nrnaportugal.org मा राखिएकोले सो को अध्ययन गरि राय सुझाब दिन समेत संघले अनुरोध गरेको छ।

यहि जुलाइ १ तारिख देखि संघको कार्यालय Ria dos Sapateiros no-123, 2-Andar, Rossio मा सरेको हुंदा सम्बन्धित सबैले आवश्यक कार्यार्थ स्थानान्तरित कार्यालयमा सम्पर्क गर्नु हुन संघले अनुरोध गरेको छ।

पुर्ब सुचना अनुसार जुलाइ ८ तारिखका दिन नै हुने भएको बिबिध सांस्कृतिक कार्यक्रम प्राबिधिक कारणले अर्को सुचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको जानकारी समेत संघले दिएको छ।

Wednesday, April 25, 2012

नेपालमा साउदी दूतावासको काम मे महिनाबाटै शुरू हुने


२३ अप्रिल २०१२
धरम के.सी.

नेपालमा साउदी अरबको दूतावास खोल्ने साउदी सरकारको औपचारिक निर्णय भए लगत्तै गतः ७ अप्रिलमा साउदी सरकारको एक टोली नेपाल गई दूतावास खोल्नका लागि नेपाल सरकारका सम्बन्धित अधिकारीहरूसंग थप छलफल गरी दूतावास खोल्ने तत्कालिन र दीर्घकालिन ब्यवस्थापन मिलाएर गतः १४ अप्रिलमा साउदी फर्केको छ । साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेयज्युले दिनुभएको जानकारी मुताबिक अब मई २०१२ मै साउदी दूतावासका काम काठमाडौबाटै हुनेभएका छन । यसका लागि साउदी सरकारले हाल हंगकंगमा कार्यरत एक कुटनैतिक अधिकारीलाई नेपालका लागि Charge D’ Af-faires मा नियुक्त गर्नेभएको छ । शुरूमा होटल सोल्टी क्राउन प्लाजाबाट साउदी दूतावासले काम गर्नेछ भने दूतावासका लागि केही महिनामै छुट्टै घर भाडामा लिइनेछ । साउदी प्रतिनिधी टोलीले दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा समेत हेरेर आएको छ । काठमाडौमा साउदी अरबको दूतावास खुलेको हेर्न चाहने लाखौं नेपालीहरू, नेपाली म्यानपावर कम्पनीहरू र नेपाल सरकारको बर्षौं अघिदेखिको चाहना र प्रयासले अब केही हप्तामै मुर्त रूप लिंदै गर्दा सम्बन्धित सबैमा बिशेष खुशी छाएको छ । 

Monday, March 26, 2012

युएई मा समेटिदै छन् चितवन बासि हरु

निमकान्त पाण्डे दुबई ,देसको माया सगै जोडिएको हुन्छ गाऊ घर र जिल्लाको माया आखिर किन नहोस आफु हुर्केर दिन रात घुमेको ठाउ कसलाई पो प्यारो नहोला र ?त्यसैमा पनि प्रदेशको ठाउमा आफ्नै गाउ घरका साथीहरु नचिनेर परिचय हुदा अनौठै लाग्यो । लामो समय देखि युएईको पत्रकारितामा सहयोगी भूमिका खेल्दै आउनु भएको निमकान्त पाण्डेले चितवन समाज दुबई नामको फेसबुकको सहयोगबाट युएईमा रोजगारीका लागी छरिएर रहेका जील्लाबासी धरै साथीहरुलाई जानकारी गराउन पहल गरिएको छ । विदेशको ठाउमा एकै स्थानका साथीभाईहरु एकै देशमा रहेता पनि भेटघाट तथा परिचय हुने अबस्था नभएकोले यस समाजको माध्यम मार्फत भेटघाट तथा आपसमा परिचित बन्ने मौका मिल्ने चितवन बासीहरुको बुझाइ छ । युएईको हर कुनामा रहेका सम्पूर्ण चितवन बासीहरुलाई भेट गराएर परिचय सहित भेटघाट,आपसी सहयोग आदान प्रदान भाईचार बढाउदै सर सल्लाहलाई निरन्तरता दिने भएको छ । शुक्रबार २३ मार्चमा भएको पहिलो भेलामा चितवन बासीको राम्रो सहभागी रहेको थियो । युएईको बरदुबईमा पहिलो पटक यसरी धरै गा.बि.स. का साथीहरु एकै ठाउमा भेटहुन पाउदा निकै खुसी हुनु हुन्थ्यो । आउदो बसाइलाई बृहत रुपमा जिल्ला बासीहरु सहभागी गराई चितवन समाज युएईको कार्य समिति गठन गर्ने योजनाका साथ आउदो चैते दसैँ र नयाँ बर्षको अबसर पारेर मैत्री पूर्ण पिकनिक कार्यक्रम आयोजक समिति गठन गरिएको छ । नेपाल देखि आउने राष्ट्रिय कलाकारहरु पिकनिक कार्यक्रममा उपस्थित गाउने जाकारी सहभागी कलाकार साथीहरुले समाजलाई गराउनु भएको थियो । यही अप्रिल ६ तारिक दुबईको अती रमणीय स्थल जाबिल पार्क (ट्रेड सेन्टर अगाडी ) पिकनिकको आयोजना गरिएको छ । पिकनिकमा युएईमा रहेका सम्पूर्ण जिल्ला बासीहरु लगायत अन्य नेपालीहरुलाई पनि उपस्थितिको लागी हार्दिक आग्रह गरिएको छ । अप्रिल ६ तारिक बिहान १० बजे उक्त पार्कमा जम्मा हुन सबैलाई सुचित गरिएको छ साथै पिकनिकमा जानका लागी आ-आफ्नो एरियाका आयोजक कमिटिका साथीहरुलाई सम्पर्क गर्न सबैलाई आग्रह गरिएको छ । दिलिप कुमार सेवा ०५५८६७५७१० दुबई , जितेन्द्र कार्की 0504734258 बरदुबई ,सुनिल पौडेल 0503591731देरा दुबई ,अरुण सुबेदी ०५०५८२१५३० अबुदाबी ,प्रविन बिक ०५५३२१८१५५ जबल अली डी आई पी ,निमकान्त पाण्डे ०५५४५८४७६८ जबल अली ,नवराज पाण्डे ०५०१६७१०५२ शारजाह , सुर्य अधिअकारी ०५५५४३१८७४ सारजाह ,कमल प्रसाद अधिकारी ०५५९६७८२५३ सारजाह , गणेश न्यौपाने ०५५३१४९९५८ सारजाह ,लक्ष्मण गोदार ०५०६५७३४३१ रसलखेमा , सुजन ढकाल ०५५९६५३९८० जबल अली पार्को , जगत क्षेत्री ०५६६०७०१३२ रसदिया , दिपक पौडेल ०५५६७३०७३९ अलकोज , प्रथम भेलामा सहभागी भई आयोजना गर्ने सम्पूर्ण साथीहरुलाई जिम्मेबारी बहन गर्न हार्दिक अनुरोध गरिएको छ ।

Monday, February 27, 2012

दिपसागर थापा मगरलाई गोरखा सेवा समाज युएईले सम्मान

निमकान्त पाण्डे दुबई ,बहीवार २३ फेब्रुवरीको सांझ बर दुबईको याक एन्ड यती रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बिच नेपालबाट आउनुभएका ख्याती प्रप्त लोकदोहोरी गायीका मुना थापा मगर,लोक दोहोरी गायक तथा नेपाल टेलिभजनबाट प्रसारण हुने घुम्सा घुम्सी दोहोरी कार्यक्रमका प्रस्तोता दिपसागर थापा मगरलाई गोरखा सेवा समाज युएईले सम्मान गरेको छ। उक्त सम्मान कार्यक्रममा याक एण्ड यती दोहोरी सांझमा कार्यरत गोरखाली कलाकारहरु संजय गुरुग,प्रेम गुरुङ,सम्झना गुरुङ,भिम परियारलाई पनि सम्म गरिएको थियो । साथै सोही दोहोरी सांझमा कार्यरत रसुवाकी पार्वती गुरुङ,कैलालीका दिपक अधिकारि र अर्घखाचिका बिष्णु भाटलाई पनि सम्मान गरिएको थियो । गोरखा समाज युएईका अध्यक्ष सुरेश ढकालको सभापितित्वमा भएको उक्त कार्यक्रममा अतिथिहरुमा लोक दोहारी गायक गायीका दिप सागर थापा मगर ,मुना थापा मगर, नेपाली जनप्रगतिशील मंच युएईका अध्यक्ष तथा गोरखा समाज युएईका सल्लाहाकार उत्तम अधिकारी र नेपाली समाज युएईका प्रार्साद अध्यक्ष तुलसी तमाङ रहनुभएको थियो । समाजका सल्लाहकार महा प्रसाद धितालले उपस्थित एवं अतिथी सम्पूर्ण गोरखाबासी दाजुभाई तथा दिदि बहिनीहरुलाई स्वागत् गर्नु भएको थियो । कार्यक्रमको संचालान समाजका सचिब प्रकास बानियाले गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै अतीथी तुलसी तमाङले गोरखा सेवा समाज युएई गठन भएको छोटो समयमा नै यसरी कलाकारहरुलाई सम्मन गरेकोमा समाजको खुलेर प्रसंसा गनु भएको थीयो । यसै गरी सुभकामना दिने क्रममा समाजका सल्लाहकार दिपक बोहोराले सम्पूर्ण कलाकारहरुको आगामी सांगीतिक यात्राले सगरमाथाको शिरचुम्न सफल होस भन्ने शुभकामना दिनु भएको थियो । अतिथी एव्म बरिष्ठ समाज सेबी उत्तम अधिकारीले सम्पूर्ण गायक गायीकाहरुको उत्तरोउत्तर प्रगतिको कामना गर्नु भएको थियो । अतिथी कलाकारहरुले प्रबासमा यसरी सम्मानित हुन पाउदा ज्यादै खुसिलागेको र यस क्षेत्रमा अघीबढनका लागी निकै हौसला मिलेको बताएका थिए । आफ्नो कला र गलाको माध्यमबाट नेपाली कला सस्कृतिको संरक्षण गर्दै आफ्नो जिल्लामा मात्रै नभई स्वदेस तथा बिदेशमा पनि आफुलाई एक सफल कलाकारको पहिचान दिन सफल हुनुभएकोमा योगदान र क्षमताको कदर तथा उज्याल भविष्यको कामना गर्दै सम्पूर्ण गायक तथा गायीकाहरुलाई समाजका सल्लाहकार उत्तम अधिकारीले खादा ओढाएर सम्मान गर्नु भएको थियो भने समाजका अध्यक्ष सुरेस ढकालले प्रसंसा पत्र दिएर सम्मान गर्नु भएको थियो । क्रार्यक्रममा बोल्दै समाजका अध्यक्ष एंब कार्यक्रमका सभापित सुरेश ढकालले सांगीतिक यात्राबाट आफ्नो जिल्लालाई स्वदेश तथा बिदेशमा चिनाउन सफल हुनु भएकोमा धरै धरै धन्यबाद दिदै कलाकारहरु राष्टका गहना भएकोले गोरखा समाज युएई यस्ता कलाकारहरुलाई सदैब सक्दो सहयोग र सम्मान गरिरहने बताउनु भयो । यसरी राष्टका गहना कलाकारहरुलाई सम्मान गर्न पाउदा आफु लगायत गोरखा सेवा समाज युएई परिवार निकै खुसी भएको बताउनुभएको थियो ।

Monday, January 30, 2012

लण्डनमा ३५ औं मेलमिलाप दिवश सम्पन्न

नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनमा ३५ औं मेलामिलाप र शहिद दिवस सम्पन्न भयो । आइतबार लण्डनस्थित अल्पाटन कम्युनिटीहलमा सम्पन्न कार्यक्रमलाई नेपाल कांग्रेसका केन्द्रीय सदस्यद्वय कृष्णचन्द्र नेपाली र शंकर भण्डारीले सम्बोधन गरेका थिए । कार्यक्रममा नेता नेपालीले विपी कोइराला दक्षिण एशियाकै पहिलो सामाजबादी नेता भएको बताए । बिपी कोइराला बहुआयमिक र दुरदृष्टि राख्ने नेता थिए, उनले भने । शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष राज्यपुर्नसंरचना पनि हो । राज्यपुर्नरसंरचना गर्दा जुन जाति वा धर्मका नाममा नाम राखे पनि लोकतन्त्रका आधारभुत कुरा भने छुट्न नहुनेमा जोड दिए । उनले नेपाली कांग्रेसभित्रको विवाद संस्थापन निर्णयलाई मानेर गएमा स्वत अन्त्य हुने तर्क दिए । गिरिजाप्रसाद कोइरालाले जस्तो एकल निर्णय गर्न नसक्ने क्षमता भएको नेता नभएकाले सबै निर्णयहरु केन्द्रीय समिति मात्र हुने गरेको बताए । उनले केन्दि्रय नेताहरुले समेत पार्टी विधानलाई पालना गर्न नसकेको स्वीकार गरे । कार्यक्रममा अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले जनयुद्ध हार्दै गएको नेकपा एमाओबादीलाई नेपाली कांग्रेसले राज्यको मुल धारमा ल्याउन सफल भएको बताए । उनले भने- 'नेकपा एमाओबादी शान्ति प्रकृयाप्रति इमान्दार छैन । शान्ति प्रकृया टुग्गोमा नपुगेसम्म संविधान बन्न सक्दैन ।' कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले बिपी कोइरालाका जीवनसँग सम्बन्धित बिभिन्न पक्षमाथि प्रकाश पारे । कार्यक्रमलाई एनआएन युकेका अध्यक्ष कुल आचार्य, गैरआवासीय नेपाली सघंका केन्द्रीय उपाध्यक्ष क्याप्टेन हितमान गुरुङ, नेपाली काग्रेस धादिङका पूर्व जिल्ला सभापति शिवराज अधिकारीलगाएतले सम्बोधन गरेका थिए । कार्यक्रम संयोजक चिरन्जीबी ढकालले स्वागत मन्तब्य दिएका थिए भने नेपाली जनसम्पर्क समितिका सभापति लोक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो । महामन्त्री शान्ताबिनोद लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए । एनआरएन प्रवक्ता डा. हेमराज शर्मा, आइसीसी सदस्य विश्वआर्दश पंडित, सोम सापकोटा र डा. विजन भट्टलगाएको उपस्थिति थियो ।

Thursday, January 5, 2012

दुबईमा नव बर्ष २०१२ को उप लक्ष्यमा भलिबल खेल सम्पन्न

जगत प्रसाद आचार्य श्री पाथिभरा माउन्ट एभरेष्ट युवा क्लबले नव बर्ष २०१२ को उपलक्ष्यमा ३० डिसेम्बर देखी १ जनवरी २०१२ सम्म अल्कोजमा मैन्त्रीपूर्ण भलिबल खेल सम्पन्न गरेको छ। शुक्रबार ३० डिसेम्बर २०११ मा उद्दघाटन कार्यक्रम क्लबका सचिब श्री महेन्द्र राईले सन्चालन गर्नु भएको थियो भने क्लबका तर्फबाट स-सचिब श्री कृष्ण पौडेलले सम्पूर्ण खेलाडी,दर्शक तथा अतिथिहरुलाई स्वागत मन्तब्यका साथै नव बर्ष २०१२ को शुभकामना ब्यक्त गर्नु भएको थियो । क्लबका अध्यक्ष श्री गुन्जमान गुरुङ र उपाध्यक्ष श्री शिवराम गुरुङले भलिबल खेलको उद्दघाटन गर्नु भएको थियो । उक्त भलिबल खेलमा दुबईमा रहेका नेपाली संघ संस्था तथा विभिन्न कम्पनीमा कार्यरत नेपाली तथा बिदेशी खेलाडी गरी जम्मा १४ टिमको सहभागीता रहेको थियो । सेमी फाइनल तथा फाईनल खेल १ जनवरी २०१२ मा सम्पन्न भएको थियो जसमा सेमीफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गरेका बाग्लुङ सेवा समाजका खेलाडी श्री बिनोद खड्का म्यान अफ द म्याच घोषीत हुनु भएको थियो । फाईनल खेलमा रयाक डिउटी फ्री ले दुबइ डिउटी फ्री लाई हराउदै उक्त भलिबल खेलको बिजय बन्न सफल भएको थियो । बिजेता तथा उपबिजेता दुबै टिमलाई ट्रफी,मेडल,र प्रमाण पत्र प्रदान गरिएको थियो ।