Thursday, January 5, 2012
दुबईमा नव बर्ष २०१२ को उप लक्ष्यमा भलिबल खेल सम्पन्न
जगत प्रसाद आचार्य
श्री पाथिभरा माउन्ट एभरेष्ट युवा क्लबले नव बर्ष २०१२ को उपलक्ष्यमा ३० डिसेम्बर देखी १ जनवरी २०१२
सम्म अल्कोजमा मैन्त्रीपूर्ण भलिबल खेल सम्पन्न गरेको छ।
शुक्रबार ३० डिसेम्बर २०११ मा उद्दघाटन कार्यक्रम क्लबका सचिब श्री महेन्द्र राईले सन्चालन गर्नु भएको
थियो भने क्लबका तर्फबाट स-सचिब श्री कृष्ण पौडेलले सम्पूर्ण खेलाडी,दर्शक तथा अतिथिहरुलाई स्वागत
मन्तब्यका साथै नव बर्ष २०१२ को शुभकामना ब्यक्त गर्नु भएको थियो । क्लबका अध्यक्ष श्री गुन्जमान गुरुङ
र उपाध्यक्ष श्री शिवराम गुरुङले भलिबल खेलको उद्दघाटन गर्नु भएको थियो ।
उक्त भलिबल खेलमा दुबईमा रहेका नेपाली संघ संस्था तथा विभिन्न कम्पनीमा कार्यरत नेपाली तथा बिदेशी खेलाडी
गरी जम्मा १४ टिमको सहभागीता रहेको थियो । सेमी फाइनल तथा फाईनल खेल १ जनवरी २०१२ मा
सम्पन्न भएको थियो जसमा सेमीफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गरेका बाग्लुङ सेवा समाजका खेलाडी श्री
बिनोद खड्का म्यान अफ द म्याच घोषीत हुनु भएको थियो । फाईनल खेलमा रयाक डिउटी फ्री ले दुबइ
डिउटी फ्री लाई हराउदै उक्त भलिबल खेलको बिजय बन्न सफल भएको थियो । बिजेता तथा उपबिजेता दुबै
टिमलाई ट्रफी,मेडल,र प्रमाण पत्र प्रदान गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment