Monday, July 9, 2012

एनआरएन पोर्चुगलको बार्षिक साधारण सभा जुलाइ ८ मा।

-भीम के सी
लिस्बन

गैर आवाशिय नेपाली संघ पोर्चुगलको छैठौं बार्षिक साधारण-सभा यहि जुलाइ ८ तारिख आइतबारका दिन मार्केस पोम्बाल स्थित होटल फेनिक्सको सभाकक्षमा दिउसो ३ बजे देखि सम्पन्न हुने भएको छ। साधारण-सभालाइ ब्यबस्थित रुपमा सम्पन्न गर्न संघका अध्यक्ष रमेश कुमार गुरुङको संयोजकत्वमा रहेको ब्यबस्थापन समितिले प्रतिबेदन तयारी, हल ब्यबस्थापन लागायतका तयारी सम्बन्धि सम्पुर्ण कार्यहरु तदारुकताका साथ अगाडि बढाइरहेको जानकारी प्राप्त भएको छ।

साधारण सभामा सहभागि हुनको निम्ति सम्पुर्ण पोर्चुगलबासि नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाई आग्रह गर्दै नया सदश्यता लिन इच्छुक साथिहरुले एन आर एन पोर्चुगलको कार्यालयमा सम्पर्क गरी सदश्यता लिनु हुन समेत एन आर एनले अनुरोध गरेको छ। संघको बार्षिक तथा आर्थिक प्रगति प्रतिवेदन संघको वेबसाइट www.nrnaportugal.org मा राखिएकोले सो को अध्ययन गरि राय सुझाब दिन समेत संघले अनुरोध गरेको छ।

यहि जुलाइ १ तारिख देखि संघको कार्यालय Ria dos Sapateiros no-123, 2-Andar, Rossio मा सरेको हुंदा सम्बन्धित सबैले आवश्यक कार्यार्थ स्थानान्तरित कार्यालयमा सम्पर्क गर्नु हुन संघले अनुरोध गरेको छ।

पुर्ब सुचना अनुसार जुलाइ ८ तारिखका दिन नै हुने भएको बिबिध सांस्कृतिक कार्यक्रम प्राबिधिक कारणले अर्को सुचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको जानकारी समेत संघले दिएको छ।