पोर्चुगलमा बागलुङ् सहायता कोष स्थापना
-भीम के सी कमल
लिस्बन, ३० अगस्त
'जननी जन्मभूमीश्च स्वर्गादपी गरियसी'को मर्मलाई आत्मसात गर्दै आफ्नो मातृभूमी प्रतिको कर्तब्यबोधको भावनाले ओतप्रोत भएका पोर्चुगलमा रहेका बागलुङ्वासी एबं पैतृक थलो बागलुङ् भएका प्रबासी नेपालीहरुले बागलुङ् सहायता कोष (Baglung Aid Trust, BAT) पोर्चुगलको स्थापना गरेका छन ।
प्रबासमा सम्पुर्ण नेपाली समुदायहरुको पिर मर्कामा सहायता पुर्याउने तथा नेपालमा बागलुङ् जिल्लामा हुने प्राकृतिक बिपत्ती एबं दैबीप्रकोप तथा स्वास्थ्य, शिक्षा, खानेपानी, खेलकुद, संस्कृति इत्यादी क्षेत्रमा सहयोग पुर्याउने उद्धेश्यका साथ बिशुद्ध कल्याणकारी (च्यारिटेबल) कोष (ट्रष्ट) को रुपमा पोर्चुगलको लिस्बनमा उत्साहपुर्बक उपस्थित बृहद् भेलाले बागलुङ् सहायता कोष नामाकरण गर्दै कोषको स्थापना गरेको हो ।
उक्त बृहद् भेलाले कोषलाई ब्यबस्थित रुपमा सन्चालन गर्नको निमित्त सुर्य हमाल संयोजक र कुबिर मल्ल अध्यक्ष रहेको ३१ सदश्यीय तदर्थ समिति समेत गठन गरेको छ । तदर्थ समितिमा उपाध्यक्ष द्वय पन्च गुरुङ् र इश्वरी कंडेल, महासचिब हरी रोका, सचिब डोलेन्द्र पौडेल, कोषाध्यक्ष राजन गौचन, सह-कोषाध्यक्ष अन्जु सापकोटा र सदश्यहरु मनोजराज शर्मा, कृष्ण रोका, ऋषीराम सापकोटा, योगेन्द्र हमाल, हरी खड्का, बिनोद गौचन, प्रेम खड्का, होम के सी, भानु शर्मा कंडेल, खेमलाल उपाध्याय, प्रेम श्रेष्ठ, राम प्रसाद सापकोटा, लेखनाथ रेग्मी, दिनेश कंडेल र शिसिर के सी रहेका छन् । आल्बुफेरा, भिलामोरा, पोर्तो र लिलियर क्षेत्रका ४ जना र महिला ४ जना सदश्य मनोनयन गर्ने जिम्मेवारी तदर्थ समितिलाई दिइएको छ ।
भेलाले नवगठित समितिलाई बधाइ तथा शुभकामना दिदै तदर्थ समितिले बैधानिक रुपमा कल्याणकारी कोषको दर्ता, तथ्यांक संकलन एबम् सदश्यता बिस्तारका कामहरु तत्काल प्रारम्भ गर्न निर्देशन दिएको छ। कोषको बिधान तथा नियमावली तयार गर्ने जिम्मेवारी भीम के सी कमललाई दिएको उक्त भेलाले कोषको कार्यालय एभेनिदा दि ब्राजिल नं 149, 2° Dto, 1700 लिस्बनमा स्थापना गर्ने निर्णय समेत गरेको छ ।
बिभिन्न चरणको छलफल तथा बिचार बिमर्श पश्चात स्थापित कोषलाई आगामी केहि समय भित्रै आर्थिक रुपमा सबल बनाइ लोक कल्याणकारी कार्यारम्भ गर्ने प्रतिबद्धता ब्यक्त गर्दै संयोजक सुर्य हमालले बागलुङ् सहायता कोषको यो अबधारणालाई विश्वब्यापी गराउने प्रयास थालिने जानकारी दिए ।
नव स्थापित कोषलाई पोर्चुगलमा रहेका बिभिन्न ब्यक्ति तथा संस्थाहरुले प्रशंसनिय कार्यको थालनी भन्दै सहयोग गर्ने क्रम समेत सुरु भएको छ । स्थापनाको पहिलो दिनमा नै दुइ लाख साठी हजार रुपैया कोषमा संकलन भएको छ । कोष स्थापनालाई उच्च मुल्यांकन गर्दै म्याग्दी प्रबासी नेपाली संघ (मोना) पोर्चुगलका पदाधिकारीहरुबाट बिस हजार रुपैया कोषलाई सहयोग स्वरुप प्राप्त भएको जानकारी नबनियुक्त अध्यक्ष कुबीर मल्लले दिएका छन् ।
Tuesday, August 31, 2010
Wednesday, August 25, 2010
सरकारले गत असारमा नै सन् २०११ सेप्टेम्बरदेखि २०१२ सेप्टेम्बरसम्म एकबर्ष पदाबधि हुने निर्वाचनमा गौतमलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। यस पटक राष्
-निर्दोष के सी
पोर्चुगल, २५ अगस्त
रोजगारीको सिलसिलामा बिदेशिन बिबस नेपालीहरुको बाच्न पाउने मौलिक हकलाइ बिभिन्न देशमा कुण्ठित गर्दै मृत्युदण्डका सजायहरु सुनाइने गरेका घटनाहरु प्रति मानव अधिकार तथा शान्ती समाज पोर्चुगलले गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ ।
मानव अधिकार तथा शान्ती समाज पोर्चुगलका संयोजक भीम के सी कमलले एक प्रेस बिज्ञप्ती जारी गर्दै सो आपत्ती जनाएका हुन । संयोजक कमलद्वारा जारी सो बिज्ञप्तीमा अगाडी भनिएको छ-
महाकाली अञ्चल दार्चुला जिल्ला धारी गा.बि.स.का स्थायी बासिन्दा अमरबहादुर बमलाई संयुक्त अरब इमिरेट्सको एक अदालतले एक भारतीय नागरिकको हत्याकाण्ड प्रकरणमा आफू हत्यामा संलग्न नरहेको र हत्या पूर्व र हत्याको पश्चात् पनि सो बारेमा अनभिज्ञ रहेको जिकिर गर्दा गर्दै दुइजना भारतीयसँगै मृत्युदण्डको फैसला सुनाई सन् २००३ देखि नै दुबईको सेन्ट्रल जेलमा राखिएको खबरले हामीलाई स्तब्ध एबं चिन्तित बनाएको छ ।
बिदेशि भुमिमा भाषागत कठिनाइ तथा आफ्नो पक्षमा वकालत गर्ने प्रतिनिधिको अभाब रहदा उचित न्याय निरुपण नहुने परिप्रेक्ष्यको अबस्था तथा ब्यक्तिको बाच्न पाउने मौलिक अधिकारको बिश्वब्यापी मान्यताका आधारमा उक्त मृत्युदण्डको फैसला खारेज गरी न्यायिक पुनरावलोकनको ब्यब्स्थाको निमित्त सम्बन्धित पक्षको ध्यानाकर्षण होस भन्ने जोडदार माग गर्दछौ ।

Subscribe to:
Posts (Atom)