-निर्दोष के सी
पोर्चुगल, २५ अगस्त
रोजगारीको सिलसिलामा बिदेशिन बिबस नेपालीहरुको बाच्न पाउने मौलिक हकलाइ बिभिन्न देशमा कुण्ठित गर्दै मृत्युदण्डका सजायहरु सुनाइने गरेका घटनाहरु प्रति मानव अधिकार तथा शान्ती समाज पोर्चुगलले गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ ।
मानव अधिकार तथा शान्ती समाज पोर्चुगलका संयोजक भीम के सी कमलले एक प्रेस बिज्ञप्ती जारी गर्दै सो आपत्ती जनाएका हुन । संयोजक कमलद्वारा जारी सो बिज्ञप्तीमा अगाडी भनिएको छ-
महाकाली अञ्चल दार्चुला जिल्ला धारी गा.बि.स.का स्थायी बासिन्दा अमरबहादुर बमलाई संयुक्त अरब इमिरेट्सको एक अदालतले एक भारतीय नागरिकको हत्याकाण्ड प्रकरणमा आफू हत्यामा संलग्न नरहेको र हत्या पूर्व र हत्याको पश्चात् पनि सो बारेमा अनभिज्ञ रहेको जिकिर गर्दा गर्दै दुइजना भारतीयसँगै मृत्युदण्डको फैसला सुनाई सन् २००३ देखि नै दुबईको सेन्ट्रल जेलमा राखिएको खबरले हामीलाई स्तब्ध एबं चिन्तित बनाएको छ ।
बिदेशि भुमिमा भाषागत कठिनाइ तथा आफ्नो पक्षमा वकालत गर्ने प्रतिनिधिको अभाब रहदा उचित न्याय निरुपण नहुने परिप्रेक्ष्यको अबस्था तथा ब्यक्तिको बाच्न पाउने मौलिक अधिकारको बिश्वब्यापी मान्यताका आधारमा उक्त मृत्युदण्डको फैसला खारेज गरी न्यायिक पुनरावलोकनको ब्यब्स्थाको निमित्त सम्बन्धित पक्षको ध्यानाकर्षण होस भन्ने जोडदार माग गर्दछौ ।
No comments:
Post a Comment