गैरआवासिउ नेपाली सघंका उपाध्यक्ष जिवालामिछानेले विदेशमा बस्ने नेपाली एकै परिवार भएको उल्लेख गर्नु भएको छ । उक्त कुरा उहांले युएईमा आयोजित एक अन्तरक्रियाकार्यक्रममा बताउनु भएको हो । जिवालामिछानेले विदेशमा रहेका साझा आवाजलाई सम्बन्धित पक्षले सुन्नेहुदा विदेशमा रहेका नेपाली एक हुन आवश्यक रहेको उल्लेख गरे ।
गैर अवासीय नेपाली संघको पाँचौं क्षेत्रिय सम्मेलनमा भागलिन दुबई आएका एनआरएनहरु युएईस्थित लेबर क्याम्पमा पुगी त्यहाँका मजदुरहरुसँग अन्तरकि्रया गरे । करीब ३५ हजार मजदुरहरु बसोवास गर्ने दुबईस्थित सोनापुर क्याम्पस्थित एक रेष्टुरेण्टमा जम्मा भएका कामदार अगुवाहरुबीच छलफल गरी त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।
सहभागीहरुको नेतृत्व गरेका उपाध्यक्ष जीवा लामिछानेले हामी विदेशमा रहेका सबै एकै परिवार भएको उल्लेख गर्दै साझा आवाजलाई सम्बन्धित पक्षले सुन्नेहुँदा एकीकृत हुनु आवश्यक भएको उल्लेख गरे । आफ्नों देश छोडनु पर्ने बाध्यतानै सबै भन्दा ठूलो समस्या हो भन्दै संघका सचिव रतन झाले अमेरिकामा समेत महिनौं सूर्य नदेखेका नेपालीहरु कामदार रहेको उल्लेख गर्दै यहाँ काम गर्दै सीप पनि सिक्दै गर्न आग्रह गरे । संघका कोषाध्यक्ष रामेश्वर शाहले युएईमा निशुल्क भिषा प्राप्त भएपनि सरकारले ७० हजार लिन पाउने व्यवस्था गरेको छ । प्रत्येक व्यक्तिले अर्कोलाई सहयोग पुर्याउन सक्छ तर कसले कसलाई कतिबेला भन्ने थाहा नहुँदा एकीकृत हुन आवश्यकता रहेकोमा जोड दिए । सो संघकी महिला संयोजक उषा शर्माले हामी कामदारका समस्याहरु एक आपसमा खुलेर छलफल गर्नुपर्नेमा जोड दिइन ।
कमर्ज एण्ड ट्रस्ट वैकका कार्यकारी प्रमुख अनलराज भट्टराईले तपाईहरुका दुखको पसिना रिमिट्यान्सको रुपमा नेपाल पठाउनु हुन्छ नेपालका बैंकहरुले कसरी र कुन क्षेत्रमा सहयोग पुर्याउँछ भन्ने कुराको अनुभव बटुल्न आफू उपस्थित भएको बताए । एनसीसी युएईका उपाध्यक्ष चन्द्र रोकाहाले एनआरएनए सामाजिक संस्था भएकोले आपसी सहयोगमा यसलाई माध्यम बनाउन सकिने उल्लेख गरे । समाजसेवी चन्द्र प्रसाद सापकोटाले सामाजिक सचेतना बढाउन हामी छिट्टैनै सबैसँग आउने बाचा गरे ।
यस अघि स्थानीय सहभागीहरुले एनआरएनएन सुकिला मुकिलाहरुको मात्र संगठन नबनोस् भन्दै जनचेतनामुलक कार्यको लागि ट्राफिक नियम तथा अन्य जानकारीमुलक पुस्तिका प्रकाशित गरी वितरण गर्न सुझाएका थिए । इराक अफगानिस्तानमा नेपालीहरुकोलागि रोजगारी खुल्ला गर्नुपर्ने बिषयमा पहल भए ठगी घट्ने हुँदा सरकारलाई यो सुझाव पुर्याइदिन युएईमै रहेका नेपाली दलालहरुबाट ठगिएका पीडितहरुलॆ आग्रह गरेका थिए ।
Saturday, January 22, 2011
Saturday, January 1, 2011
बेल्जियममा राष्ट्रिय मेलमिलाप दिवस मनाईयो

जनसम्पर्क समितिका अध्यक्ष गंगाधर गौतमको सभापत्वि र संविधानसभाका सभासद पासांङ्ग सेर्पाको प्रमुख आतिथ्यतामा मनाईएको सो कार्यक्रममा नेपाली दुतावास बेल्जियमका उपनियोग प्रमुख दिपक धिताल, जनसम्पर्क समन्वय समित युरोपका उपाध्यक्ष तथा महाधिवेसन प्रतिनिधी बलिराम झा, गैरआवाशिय नेपाली संघ एनसीसी बेल्जियमका अध्यक्ष पिजी शेर्पा, गैरआवाशिय नेपाली संघ आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठ, जनप्रगतिशिल मन्च बेल्जियमका प्रेम पाठक, लोकतान्त्रिक मन्च बेल्जियमका गोपाल सिंखडा, राप्रपा प्रवासी संघ बेल्जियमका महासचिव दिपेन्द्र केसी, इन्द्र धनुस क्लवकी अध्यक्ष अनन्त गुरुङ र साँग्रीला समाजका दिपक ज्योति पौडेलको उपस्थिती तथा मन्तब्य रहेको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि सभासद पासाङ्ग सेर्पाले महामानव विपी कोइराला तथा लौह पुरुष गणेशमान सिंहको तत्कालिन राष्ट्रिय एकता तथा मेलमिलाप राष्ट्रबादी नितिले नेपाल तथा नेपाली रहन संभव भएको बताउनु भयो । उहाले ८५ प्रतिशत संविधान लेखिइसकेको र केहि मुख्य कुराहरुमा सहमति हुन बाँकि रहेको अबस्थामा शंविधान लेखन प्रकृया ढिलो भएपनि संवेदनशिल कुरा भएकोले हतारमा लेखिनु हुदैन भन्ने कुरा पनि राख्नु भयो ।
कार्यक्रममका सभापति तथा जनसम्पर्क समितिका अध्यक्ष गंगाधर गौतमले उपस्थिती सबैलाई हार्दिक धन्यवाद दिदै बेल्जियमा रहेका सम्पुर्ण नेपाली संघ संस्थाहरु नेपाल र नेपालीको हितको लागि एकता तथा मेलमिलापको आधारमा एक भएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।
जनसम्पर्क समितिका कोषाध्यक्ष श्रीमती अनिता लामाको स्वागत, संरक्षक जानकी गुरुङ्गको धन्यबाद र सहमहामन्त्री शालिक गौतमको संचालनमा सम्पन्न भएको थियो ।
Subscribe to:
Posts (Atom)