Saturday, January 1, 2011

बेल्जियममा राष्ट्रिय मेलमिलाप दिवस मनाईयो

नेपाली जनसम्पर्क समिति बेल्जियमको आयोजनामा बेल्जियमको लुभेन सहरमा ३१ डिसेम्बरका दिन ३५ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईएको छ ।  
जनसम्पर्क समितिका अध्यक्ष गंगाधर गौतमको सभापत्वि र संविधानसभाका सभासद पासांङ्ग सेर्पाको प्रमुख आतिथ्यतामा मनाईएको सो कार्यक्रममा नेपाली दुतावास बेल्जियमका उपनियोग प्रमुख दिपक धिताल, जनसम्पर्क समन्वय समित युरोपका उपाध्यक्ष तथा महाधिवेसन प्रतिनिधी बलिराम झा, गैरआवाशिय नेपाली संघ एनसीसी बेल्जियमका अध्यक्ष पिजी शेर्पा, गैरआवाशिय नेपाली संघ आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठ, जनप्रगतिशिल मन्च बेल्जियमका प्रेम पाठक, लोकतान्त्रिक मन्च बेल्जियमका गोपाल सिंखडा, राप्रपा प्रवासी संघ बेल्जियमका महासचिव  दिपेन्द्र केसी, इन्द्र धनुस क्लवकी  अध्यक्ष अनन्त गुरुङ र साँग्रीला समाजका दिपक ज्योति पौडेलको उपस्थिती तथा मन्तब्य  रहेको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि सभासद  पासाङ्ग सेर्पाले महामानव विपी कोइराला तथा लौह पुरुष गणेशमान सिंहको तत्कालिन राष्ट्रिय एकता तथा मेलमिलाप  राष्ट्रबादी नितिले नेपाल तथा नेपाली रहन संभव भएको बताउनु भयो । उहाले  ८५ प्रतिशत संविधान लेखिइसकेको र केहि मुख्य कुराहरुमा सहमति हुन बाँकि रहेको अबस्थामा शंविधान लेखन प्रकृया ढिलो भएपनि संवेदनशिल कुरा भएकोले हतारमा लेखिनु हुदैन भन्ने कुरा पनि राख्नु भयो ।
  कार्यक्रममका सभापति तथा जनसम्पर्क समितिका अध्यक्ष गंगाधर गौतमले उपस्थिती सबैलाई हार्दिक धन्यवाद दिदै  बेल्जियमा  रहेका सम्पुर्ण नेपाली संघ संस्थाहरु नेपाल र नेपालीको हितको लागि एकता तथा मेलमिलापको आधारमा एक भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । 
जनसम्पर्क समितिका कोषाध्यक्ष श्रीमती अनिता लामाको स्वागत, संरक्षक जानकी गुरुङ्गको धन्यबाद र सहमहामन्त्री शालिक गौतमको संचालनमा सम्पन्न भएको थियो

No comments:

Post a Comment