शालिक गौतम, बेल्जियम - नेपाल सरकारका संघिय मामिला, संविधान सभा, संसयि व्यवस्था तथा संस्कृति मन्त्री डा. मिनेन्द्र रिजालको समुपस्थितीमा मिति ०१ नोभेम्बर २०१० का दिन बेल्जियमको लुभेन शहर एक बृह्त अन्तरकृया कार्यक्रम संपन्न भयो ।
नेपालको राजनैतिक अन्यौलता, समयमा नै संविधान लेखनमा सभाषद तथा राजनैतिक दलको भुमिका, द्धन्द्धको सामाजिक रुपान्तरण तथा दोहोरो नागरिता विषयक अन्तरकृया कार्यक्रममा नेपाली दुतावास बेल्जियमका महामहिम राजदुत श्री प्रमेश कुमार हमाल, गैर आवाशिय नेपाली संघ र अन्य बेल्जियम स्थिती सामाजिक नेपाली संघ संस्थाहरु तथा नेपाली समुदायको उपस्थिती रहेको थियो ।
शहिदहरुप्रति १ मिनेट मौन धारण र महामानव विपी कोइरालाको तस्विरमा अविरजात्रा पश्चात, कार्यक्रममका प्रमुख अतिथी डा. मिनेन्द्र रिजालले जनआन्दोलन भाग २ पश्चात देशमा परिवर्तन आएको बताउँदै दिनमा सरदर ४ जना नेपालीहरु मारिनु परेको छैन, सवै भाषा, जाति, समुदायको भावान संबोधन गर्नु पर्ने भएकोले संविधान लेखन प्रकृया सहज प्रकृया नभएको र यसमा क्रमिक रुपमा काम भैर रहेको बताउनु भयो । तर उहाँले राजनैतिक दलहरु विचमा सहमति र सहकार्यमा केहि कठिनाई आएको र राजनैतिक अन्योलता भएको कुरा पनि स्वीकार गर्नु भएको थियो । प्रधानमन्त्रीको चुनावको सन्दर्भमा, नेपाली काँग्रेसको प्रधानमन्त्रीको उमेद्वारी छ अथवा छैन जे भने पनि हुन्छ तर माओवादीको बासीएल तरुण दल सरहको र लडाकुहरुलाई माओबादी संजालबाट अलग्याइनु पर्छ, कुनै लोकतान्त्रिक पार्टिको आफ्नो बन्दुक सहितको सेना हुन सक्दैन र माओबादी द्धैध चरित्रका कारण देशमा अन्यौलला सिर्जना भएको बताउदै एनेकपा माओबादीलाई कटाक्ष गर्नु भयो । नेपाली काँग्रेसको प्रधानमन्त्रीको उमेद्बारी रहेकै कारण संविधान सभाका केहि विवादहरुमा क्रमश सहमति हुदै आइरहेको छ र सवै समस्याहरुको प्याकेजमा सहमति नभए सम्म प्रधानमन्त्रीको चुनाव बाट नेपाली काँग्रेस नबाहिरिने स्पस्ट पार्नु भयो । जनआन्दोलन भाग २ को भावाना स्पस्ट गणतन्त्रमा जाने भन्ने भएकोले राजाको बारेमा जनमतसंग्रहबाट निर्णय गर्ने कुराको केहि तुक नभएको समेत उहाँले बताउनु भयो । अव बन्ने संविधानमा भारत मोडेलको दोहोरो नागरिताको व्यवस्था हुन्छ तर राजनैतिक अधिकारको भने दिन नसकिने बताउनु भयो ।
नेपाली जनसंपर्क समिति बेल्जिमयका अध्यक्ष श्री गंगाधर गौतमको सभापतित्वमा संपन्न उक्त कार्यक्रममा नेपाली दुतावासका महामहिम राजदुत श्री प्रमेश कुमार हमाल, नेपाली जनसंपर्क समिति समन्वय समिति युरोपका उपाध्यक्ष श्री बलिराम झा, जनप्रगतिशिलमञ्चका श्री सुरेन्द्र भषाल, एनडिएफका कावाअध्यक्ष श्री किसन केसी, कार्यक्रममा प्रवासी राप्रपा संघ बेल्जियमका महासचिव श्री दिपेन्द्र केसी, गैर आवाशिय नेपाली संघ बेल्जियमका अध्यक्ष श्री पिजी शेर्पा, एनआरएन आसीसी सदस्य बेल्जियमका श्री अर्जुन कुमार श्रेष्ठ लगायतका वक्ताहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
अन्तरकृयाको ओपन फ्लोरमा गैर आवाशिय नेपाली संघका पुर्वअध्यक्ष श्री युवराज गुरुङ, प्रवासी राप्रपा संघका बेल्जियमका महासचिव दिपेन्द्र केसी, जनप्रगतिशिल मञ्चका वदन सुव्वा, तमुसमाजका मनिश गुरुङ, क्षेत्री समाजका गोपाल सिंह थापा, नेपाली जनसंपर्क समिति बेल्जियमकी सदस्य तथा ट्रेड युनियन काँग्रेसकी पुर्व केन्द्रिय सदस्य लिला शर्मा मानन्धर, लगायतका सहभागीहरुले आफ्नो जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रम नेपाली जनसंपर्क समिति बेल्जियमका सहमहामन्त्री शालिक गौतमले संचालन गर्नु भएको उक्त कार्यक्रममा नेपाली दुतावासका उपनियोग प्रमख श्री दिपक धिताल, लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, तरुण दल युरोप, तरुण दल बेल्जियम, शेर्पा समाज बेल्जियम, तमु समाज, विश्वमगर संघ, पासा पुच, पर्वत समाज, साँग्रिला समाज, इन्द्र धनुस क्लव, थकाली समाज, क्षैत्री समाज, तमुवान मुक्ति मोर्चा लगायता दर्जर्नौ बेल्जियम स्थित नेपाली संघ संस्थाहरुको उपस्थिती रहेको थियो । विभिन्न वेव मडिया, जनसंपर्क समिति बेल्जियमका महासमिति सदस्य श्री राम थापा, महाधिवेसन प्रतिनिधी सुदाम लम्साल, जनसंपर्क समिति पोर्तुगलका सल्लाहाकार श्री झलक केसी लगायत सहित करिव १७० जनाको उपस्थिती रहेको थियो । सो कार्यक्रमा नेपाली जनसंपर्क समिति लुवेन क्षेत्रिय समितिका अध्यष हरि घिताल, सचिव कमल केसी, र पुर्व सहमहामन्त्री श्री गोविन्द सिंहले व्यवस्थापकिय पक्षमा विषेश सहयोग गर्नु भएको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाली जनसंपर्क समिति बेल्जियमको संरक्षक तथा महाधिवेन प्रतिनिधी श्रीमती जानकी गुरुङ, प्रमुख अतिथीलाई व्याच वितरण श्रीमती लिला शर्मा मानन्धर र समितिको कोषाध्यक्ष श्रीमती अनिता लामाले कार्यक्रमा उपस्थिता प्रमुख अतिथी, अतिथी तथा उपस्थित महानुभावाहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
No comments:
Post a Comment