Tuesday, June 28, 2011

एनआरएनमा पहिलो महिला अध्यक्ष

गैर आवासीय नेपाली संघ बेल्जियमको तेश्रो अधिवेशन अन्तरगतको चुनाव संपन्न भएको छ । गैर आवासीय नेपाली संघ बेल्जियमको उक्त चुनावमा श्रीमती जानकी गुरुङ्ग ९३२ मत प्राप्त गरि विजयी भएकि हुन् उनका प्रतिद्धन्दी गम बहादुर गुरुङ्गले ७२७ मत प्राप्त गरेका थिए । श्रीमती गुरुङ्ग एनआरएन बेल्जियमको संस्थापक सदस्य तथा गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद युरोपियन पुर्व सहसंयोजको भुमिका समेत निर्वाह गरिसकेकी छन् ।

उक्त्त निर्वाचनले २ जना आइसीसी सदस्य सहित २१ कार्यसमितिको चयन गरेको छ । जसमा क्रमश: आइसीसी सदस्य अर्जुन कुमार श्रेष्ठ, पिजी शेर्पा, अध्यक्षमा जानकी गुरुङ्ग, उपाध्यक्षमा, बोधराज पौडेल, महिला उपाध्यक्षमा, अनिता लामा, महासचिवमा, शिव कुमार बरुवाल, सचिवमा अनुजा प्रधान कोषाध्यक्षमा राम घले क्षेत्रिय सदस्यहरुमा , सोताङ्ग तामाङ्ग, लिम्वर्ग, पुष्पराज अधिकारी, लुभेन, श्याम सुन्दर उप्रेती, आन्त्रोपेन, मुना राई बुग्रे वस्टिन्डे, डा. राजु श्रीवास्तव, सदस्य गेण्ट, कर्ण बहादुर विक ,ब्रसेल्स त्यस्तै गरि खुल्ला सदस्यहरुमा काजी शेर्पा, पुरुषोत्तम सुवेदी, गजेन्द्र गुरुङ्ग र श्याम कुमार श्रेष्ठ, महिला सदस्यहरुमा। श्रीमती शारदा अर्याल, सुष्मा श्रेष्ठ, दिल कुमारी पुन र सरस्वति सुवेदी र विद्यार्थीहरुमा, श्री हरि राम उपाध्याय विजय भएका छन् । सचिव अनुजा प्रधानले सवै भन्दा बढि ९८३ मत ल्याएर विजयी भएकी छन् ।

नवनिर्वाचित श्रीमती गुरुङ्गले, आफू एनआरएनमा सुरुका दिन देखि नै लागेकाले यसका मर्म अनुसार काम गर्ने र चुनावम २ पक्षिय स्वस्थ प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि यो सवै बेल्जियमा बस्ने गैर आवासीय नेपालीहरुको र ५७ वटा राष्टमा एनआरएन भै सकेको अवस्थामा पहिलो पटक महिला अध्यक्ष भएको कारण यो सवै महिलाहरुको विजय पनि भएको बताउनु भयो । आगामी दिनहरुमा सवै गैर आवासीय नेपालीहरुको भावाना समेटेर जाने प्रतिबद्धता समते जाहेर गरे ।

बेल्जियमको ४ फरक क्षेत्रहरुमा संपन्न भएको निर्वाचनमा कुल १८०५ गैर आवासीय नेपाली संघ बेल्जियमका सदस्यहरुले निर्वाचन मा भाग लिएका थिए । मतगणना पश्चात निर्वाचन आयुक्त शालिक गौतमले निर्वाचन नतिजा घोषणा गर्दै नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गरेका थिए ।

No comments:

Post a Comment