Sunday, November 27, 2011

जनसंपर्क समिति बेल्जियमको विषेश वैठक बस्दै

शालिक गौतम, बेल्जियम - बेल्जियम नेपाली जनसंपर्क समिति बेल्जियमको आगामी २८ नोभेम्बर विस्तारित भेला सहित समितिको वैठक बस्ने भएको छ । विषेश गरेर नेपाली जनसंपर्क समितिको पुर्व तय गरिएको अक्टोबर २३ को अधिवेसन स्थगित भैसके पछि नेपाली जनसंपर्क समितिको स्थगित आसन्न तेश्रो अधिवेसनको मिति तय तथा अन्य आवश्यकिय कामको लागि बेल्जियमको बुग्रे शहरमा उक्त विस्तारित बैठकको आयोजना गरिएको हो । गेण्ट तथा वेस्ट भ्लान्डरेन क्षेत्रको क्षेत्रिय समिति विस्तार गर्ने तथा नेपाली काँग्रेसको १२ औं अधिवेसन अन्तरगतको कृयाशिल सदस्यता कार्ड समेत वितरण गरिने भएको छ । नेपाली जनसंपर्क समिति बेल्जियमको तेश्रो अधिवेसन स्थगित भएपश्चात समितिका केहि पदाधिकारीहरुले छापा मार्फत राजीनामा दिइएको जनाएकाले बैठकमा राजीनामा संबन्धमा र नेपाली जनसंपर्क समितिको मिति तय गर्ने २ बटा निर्णयहरु लिइने छ । अधिवेसनलाई ऐतिहाँसिक रुपमा सफल बनाउनु सवैको दायित्व रहेको र यस संबन्धमा नेपाली काँग्रेस केन्द्रिय समितिले पनि निर्देशन गरेकोले समितिका सवै पदाधिकारी, संरक्षक, सल्लाहकार तथा सम्पुर्ण क्रियाशिल तथा साधारण सदस्यहरुलाई बैठकमा उपस्थित भै रचनात्मक र वस्तुगत सहयोग गर्नको लागि नेपाली जनसंपर्क समिति बेल्जियमका अध्यक्ष गंगाधर गौतमले अनुरोध गरेका छन् ।

No comments:

Post a Comment