Monday, January 30, 2012

लण्डनमा ३५ औं मेलमिलाप दिवश सम्पन्न

नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनमा ३५ औं मेलामिलाप र शहिद दिवस सम्पन्न भयो । आइतबार लण्डनस्थित अल्पाटन कम्युनिटीहलमा सम्पन्न कार्यक्रमलाई नेपाल कांग्रेसका केन्द्रीय सदस्यद्वय कृष्णचन्द्र नेपाली र शंकर भण्डारीले सम्बोधन गरेका थिए । कार्यक्रममा नेता नेपालीले विपी कोइराला दक्षिण एशियाकै पहिलो सामाजबादी नेता भएको बताए । बिपी कोइराला बहुआयमिक र दुरदृष्टि राख्ने नेता थिए, उनले भने । शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष राज्यपुर्नसंरचना पनि हो । राज्यपुर्नरसंरचना गर्दा जुन जाति वा धर्मका नाममा नाम राखे पनि लोकतन्त्रका आधारभुत कुरा भने छुट्न नहुनेमा जोड दिए । उनले नेपाली कांग्रेसभित्रको विवाद संस्थापन निर्णयलाई मानेर गएमा स्वत अन्त्य हुने तर्क दिए । गिरिजाप्रसाद कोइरालाले जस्तो एकल निर्णय गर्न नसक्ने क्षमता भएको नेता नभएकाले सबै निर्णयहरु केन्द्रीय समिति मात्र हुने गरेको बताए । उनले केन्दि्रय नेताहरुले समेत पार्टी विधानलाई पालना गर्न नसकेको स्वीकार गरे । कार्यक्रममा अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले जनयुद्ध हार्दै गएको नेकपा एमाओबादीलाई नेपाली कांग्रेसले राज्यको मुल धारमा ल्याउन सफल भएको बताए । उनले भने- 'नेकपा एमाओबादी शान्ति प्रकृयाप्रति इमान्दार छैन । शान्ति प्रकृया टुग्गोमा नपुगेसम्म संविधान बन्न सक्दैन ।' कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले बिपी कोइरालाका जीवनसँग सम्बन्धित बिभिन्न पक्षमाथि प्रकाश पारे । कार्यक्रमलाई एनआएन युकेका अध्यक्ष कुल आचार्य, गैरआवासीय नेपाली सघंका केन्द्रीय उपाध्यक्ष क्याप्टेन हितमान गुरुङ, नेपाली काग्रेस धादिङका पूर्व जिल्ला सभापति शिवराज अधिकारीलगाएतले सम्बोधन गरेका थिए । कार्यक्रम संयोजक चिरन्जीबी ढकालले स्वागत मन्तब्य दिएका थिए भने नेपाली जनसम्पर्क समितिका सभापति लोक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो । महामन्त्री शान्ताबिनोद लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए । एनआरएन प्रवक्ता डा. हेमराज शर्मा, आइसीसी सदस्य विश्वआर्दश पंडित, सोम सापकोटा र डा. विजन भट्टलगाएको उपस्थिति थियो ।

Thursday, January 5, 2012

दुबईमा नव बर्ष २०१२ को उप लक्ष्यमा भलिबल खेल सम्पन्न

जगत प्रसाद आचार्य श्री पाथिभरा माउन्ट एभरेष्ट युवा क्लबले नव बर्ष २०१२ को उपलक्ष्यमा ३० डिसेम्बर देखी १ जनवरी २०१२ सम्म अल्कोजमा मैन्त्रीपूर्ण भलिबल खेल सम्पन्न गरेको छ। शुक्रबार ३० डिसेम्बर २०११ मा उद्दघाटन कार्यक्रम क्लबका सचिब श्री महेन्द्र राईले सन्चालन गर्नु भएको थियो भने क्लबका तर्फबाट स-सचिब श्री कृष्ण पौडेलले सम्पूर्ण खेलाडी,दर्शक तथा अतिथिहरुलाई स्वागत मन्तब्यका साथै नव बर्ष २०१२ को शुभकामना ब्यक्त गर्नु भएको थियो । क्लबका अध्यक्ष श्री गुन्जमान गुरुङ र उपाध्यक्ष श्री शिवराम गुरुङले भलिबल खेलको उद्दघाटन गर्नु भएको थियो । उक्त भलिबल खेलमा दुबईमा रहेका नेपाली संघ संस्था तथा विभिन्न कम्पनीमा कार्यरत नेपाली तथा बिदेशी खेलाडी गरी जम्मा १४ टिमको सहभागीता रहेको थियो । सेमी फाइनल तथा फाईनल खेल १ जनवरी २०१२ मा सम्पन्न भएको थियो जसमा सेमीफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गरेका बाग्लुङ सेवा समाजका खेलाडी श्री बिनोद खड्का म्यान अफ द म्याच घोषीत हुनु भएको थियो । फाईनल खेलमा रयाक डिउटी फ्री ले दुबइ डिउटी फ्री लाई हराउदै उक्त भलिबल खेलको बिजय बन्न सफल भएको थियो । बिजेता तथा उपबिजेता दुबै टिमलाई ट्रफी,मेडल,र प्रमाण पत्र प्रदान गरिएको थियो ।