Sunday, December 18, 2011

नेपालीहरु बीच भलिबल टुर्नामेन्ट आयोजना

जगत प्रसाद आचार्य, हाल दुबई युनाईटेड अरब ईमिरेटसमा विभिन्न कम्पनीमा कार्यरत सक्रिय नेपाली युबाहरुद्वारा सन् २०११ मा स्थापित श्री पाथिभरा माउन्ट एभरेस्ट युथ क्लब, दुबई ले अल कुज़ स्थित ग्रान्ड सिटी मल नजिकै रहेको अल कुज़ भल्ली कोर्टमा यहि डिसेम्बर ३० सुक्रबारको दिन देखि सुरु भई १ जनवरी २०१२ मा अन्त हुनेगरी विभिन्न क्लब, संस्था र विभिन्न कम्पनिमा कार्यरत नेपालीहरु बीच भलिबल टुर्नामेन्ट आयोजना गरेको हुनाले युनाईटेड अरब ईमिरेटसमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दीदी बहिनीहरुलाई उक्त भलिबल टुर्नामेन्टमा भाग लिनुहुन र उपस्थितिको लागि अनुरोध गर्दै आफ्नो टिमको नाम दर्ता गर्न निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न अध्यक्ष गुन्जमान गुरुङले सबैलाई अनुरोध गर्नु भयो / अध्यक्ष: गुन्जमान गुरुङ ०५५-१२३७६४० उपाध्यक्ष्य : शिवराम गुरुङ ०५०-२८८२९९१ सचिब : महेन्द्र राई ०५५-१८९३१८४ सह सचिब : कृष्ण पौडेल ०५०-८०३८६१० कोषाध्यक्ष्य: नारायण श्रेष्ठ ०५५-७७६२७१५

Sunday, November 27, 2011

जनसंपर्क समिति बेल्जियमको विषेश वैठक बस्दै

शालिक गौतम, बेल्जियम - बेल्जियम नेपाली जनसंपर्क समिति बेल्जियमको आगामी २८ नोभेम्बर विस्तारित भेला सहित समितिको वैठक बस्ने भएको छ । विषेश गरेर नेपाली जनसंपर्क समितिको पुर्व तय गरिएको अक्टोबर २३ को अधिवेसन स्थगित भैसके पछि नेपाली जनसंपर्क समितिको स्थगित आसन्न तेश्रो अधिवेसनको मिति तय तथा अन्य आवश्यकिय कामको लागि बेल्जियमको बुग्रे शहरमा उक्त विस्तारित बैठकको आयोजना गरिएको हो । गेण्ट तथा वेस्ट भ्लान्डरेन क्षेत्रको क्षेत्रिय समिति विस्तार गर्ने तथा नेपाली काँग्रेसको १२ औं अधिवेसन अन्तरगतको कृयाशिल सदस्यता कार्ड समेत वितरण गरिने भएको छ । नेपाली जनसंपर्क समिति बेल्जियमको तेश्रो अधिवेसन स्थगित भएपश्चात समितिका केहि पदाधिकारीहरुले छापा मार्फत राजीनामा दिइएको जनाएकाले बैठकमा राजीनामा संबन्धमा र नेपाली जनसंपर्क समितिको मिति तय गर्ने २ बटा निर्णयहरु लिइने छ । अधिवेसनलाई ऐतिहाँसिक रुपमा सफल बनाउनु सवैको दायित्व रहेको र यस संबन्धमा नेपाली काँग्रेस केन्द्रिय समितिले पनि निर्देशन गरेकोले समितिका सवै पदाधिकारी, संरक्षक, सल्लाहकार तथा सम्पुर्ण क्रियाशिल तथा साधारण सदस्यहरुलाई बैठकमा उपस्थित भै रचनात्मक र वस्तुगत सहयोग गर्नको लागि नेपाली जनसंपर्क समिति बेल्जियमका अध्यक्ष गंगाधर गौतमले अनुरोध गरेका छन् ।

Monday, November 14, 2011

गैरआवासीय नेपाली सघं अन्तर्राष्ट्रिय परिषदको बैठकद्धारा विभिन्न निर्णय (पूर्णपाठ

गैरआवासीय नेपाली संघको यही १३ नोभेम्बरमा सम्पन्न बैठकले विभिन्न निर्णण् गरेको छ । साइबर कन्फरेन्सका माध्यमबाट सम्पन्न बैठकले सल्लाहकार चयन, कार्यदल गठनलगायतको निर्णय गरेको छ। बैठकपछि जारी वक्तव्य यस्तो छ�
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (NRNA ICC) को ३१औं बैठक संघका अध्यक्ष जीवा लामिछानेको अध्यक्षतामा १३ नोभेम्वर २०११ मा सम्पन्न भयो। साईवर कन्फरेन्सको माध्यमबाट सम्पन्न भएको उक्त बैठकमा निम्नानुसार संघको संरक्षक, सल्लाहकारहरु, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यहरुको मनोनयन, विभिन्न समितिहरुको गठन, सातौं गैरआवासीय नेपाली क्षेत्रिय सम्मेलनको आयोजना लगायतका बिषयहरुमा निर्णय गरेको जानाकारीका लागि यो सूचित गरिन्छ।
१) संरक्षक परिषद सदस्यमा प्रो डा सुर्य सुवेदीलाई मनोनय गरियो।
२) सातौं गैरआवासीय नेपाली क्षेत्रिय सम्मेलन २०१२ सालमा अष्ट्रेलियामा आयोजना गर्ने। यस सम्मेलनको संयोजन ओसियाना क्षेत्रिय संयोजक मन खत्रीले गर्ने।
३) गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सल्लाहकरहरु, सदस्यहरु र विभिन्न समितिको गठन यस प्रकार छ।
सल्लाहकारहरु:
डा कुलचन्द्र गौतम (नेपाल)
विश्वकान्त मैनाली (नेपाल)
डा जुगल भुर्तेल (नेपाल)
डा द्रोण रसाईली (क्यानाडा)
प्रितम श्रेष्ठ (हङकङ्)
दिल बहादुर गुरुङ् (जर्मनी)
देवकाजी ढंगोल (कतार)
दिपक खड्का (अष्ट्रेलिया)



अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यहरु:
सपिला राजभण्डारी (रसिया)
रबिन्द्रमान श्रेष्ठ (बेल्जियम)
सोम सापकोटा (डेनमार्क)
डा राजु अधिकारी (अष्ट्रेलिया)
गोवा कटुवाल (अष्ट्रेलिया)
बाँकि १० सदस्यहरु सम्वन्धित क्षेत्रको क्षेत्रिय संयोजक, उपसंयोजक, राष्ट्रिय समन्वय परिषद र अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरुसँग परामर्श गरी अध्यक्षबाट नोभेम्वर २५ सम्म मनोनयन गरिनेछ।



कार्यदलहरु:
� दोहोरो नागरकता (Dualcitizenship): Ram Thapa (Chair), Hitman Gurung (Co-chair)
� Promotion of NRNs in International Organization: Bhim Udas (Chair)
� लगानी प्रवर्धन तथा समाज कल्याण (Promotion of Investment in Nepal and Charity): Jiba Nath Lamichhane (Chair)
� NRNA Registration, NRN Laws & Mutual Investment: Rameshwar Shah (Chair)
� Promotion of Nepal Abroad & Institutionalization, Administration: Tenzi Sherpa (Chair)
� वैदेशिक रोजगार (Foreign Employment): Mr. Tek Bahadur Karki (Chair)
� Sustainability and NRN Building: Bhaban Bhatta (Chair)
� Media and Communication: Dr. Hem Raj Sharma (Chair)
� Promotion of Nepal Products Abroad: Dr. Badri KC (Chair)
� Skill Knowledge and Innovation Transfer: Dr. Raju Adhikari (Chair)



प्रोजेक्ट च्याम्पियनहरु:
� नेपाल लाईब्रेरी परियोजना (Nepal Library Project): नरेश कोईराला
� खुला विश्वविधालय नेपाल (Open University Nepal): डा प्रमोद ढकाल
� नेपालको शिक्षा क्षेत्रमा विकास (Education Development in Nepal): होम राज आचार्य
� वैदेशिक रोजगार सूचना केन्द्र: धरम केसी
अन्य समितिहरु:
� अनुशाशन समिति: राम प्रताप थापा (संयोजक), ईन्द्रा वन (सदस्य)
� विधान संशोधन सुझाव तथा नियमावली निर्माण समिति: डा हेम राज शर्मा (संयोजक)
कार्यदल र समितिका संयोजकले राष्ट्रिय समन्वय परिषद र अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यहरुसँग परामर्शगरी एक महिना भित्र समितिलाई पूर्णता दिनेछन्।

Tuesday, September 13, 2011

परशुराम तामाङको परिवारलाई सहयोग गर्न याचना

रवि रोषी, कतार । बैदेशिक रोजगारको क्रममा झापा जिल्ला तोपगाछी गाविस वडा नं। ३ समयगढ चोक निवासी ३७ बर्षीय पर्शुराम तामाङको गत सेप्टेम्बर १ मा हृदयाघातको कारण सुतेकै अवस्थामा मृत्यु भएको छ ।

कतारको रास्लाफान स्थित सीसीआईसी कम्पनीमा कार्यरत तामाङको पारिवारिक आर्थिक अवस्था अति नाजुक भएको हुनाले उक्त कम्पनीमा कार्यरत झापाली शुभ चिन्तकहरुले उनको आश्रित परिवारको सहयोगको लागि सवैलाई अनुरोध गरेका छन् ।

कतारमा कार्यरत बावु दाहाल हरि गुरुङ अच्युत घिमिरे नारायण आचार्य गुणराज दुलाल र उप्रव गौतमको पहलमा संकलित १२ हजार ७ सय ४६ नेपाली रुपैँया मृतकको श्रीमति रीता तामाङलाई उपलब्ध गराईएको जानकारी सहयोगी हरि गुरुङले जानकारी गराए । निज मृतकको नेपालमा १ श्रीमति र २ छोराहरु छन् । सहयोगको लागि ५५७७२०५१ मा सम्पर्क राख्न पनि आर्थिक सहयोग संकलक लक्ष्मण पौडेलले बताए ।

Saturday, July 30, 2011

नेदरल्याण्डको अध्यक्षमा नारायण आर्चायको उम्मेद्वारी घोषणा

सालिकराम आचार्य । गैरआवासीय नेपाली संघ नेदरल्याण्डको अध्यक्षमा नारायण आर्चायले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
आमामी अगष्ट १३ मा हुन गैरहेको गैर आवासीय नेपाली संघ नेदरल्याण्डको निर्वाचनमा एनआरएन नेदरल्याण्डलाई सवै नेपाली साझा संगठन तथा सवै समुहरुको भावानाको प्रतिनिधित्व गराउने प्रयास अनवरत रुपमा गर्दे आउनु भएका आर्चायले अन्तमा नेदरल्याण्डमावासी केहि बामपन्थी संगठनहरू (एमाले , माओवादी) ले वाम धुव्रिकरण गर्नु पर्ने मान्यता राखि अन्य लोकतान्त्रिक, स्वतन्त्र, बुद्धिजिवी, विद्यार्थी तथा अन्य क्षेत्रिय, जातिय संगठनहरुलाई एक्लाउने प्रयास भएकोमा चिन्ता गर्दे सवै समुहहरुको समर्थन तथा भावानाको संबोधन गर्न लोकतान्त्रिक तथा स्वतन्त्र समुहको प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गर्नुभएको हो ।

बाम एकताका नाममा संगठनहरूले निर्णय गरेता पनि बामपन्थी विचार बोकेका धेरै व्यक्तिहरूले एनअारएन नेदरल्याण्ड्समा नेतृत्व नारायण आर्चायले गर्नुपर्छ भन्दै सहयोग गरि राखेका छन् । प्रवासमा बस्ने नेपालीहरु विचमा विभाजन नआओस भन्नका लागि राजनैतिक विचार वोकेका संगठनहरूलार्इ एनअारएनमा प्रवेश गर्न दिनु हुदैन भन्ने तर भित्री रूपमा पुरै राजनैतिक रङ्ग बोकेकाहरुको कारण एनआरएन नेदरल्याण्डमा सर्वसम्मत हुन नसकेको कुरा उहाँले बताउनु भयो । स्मरणिय छ गत २६ जुनमा बेल्जियममा भएको बाम एकता विरुद्ध लोकतान्त्रिक तथा स्वतन्त्र समुहले अध्यक्ष लगायतका महत्वपुर्ण पदमा विजय हासिल गरेका छ ।
नेदरल्याण्डमा अवैधानिक बसाइमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको लागि आवश्यक कानुनी तथा अन्य आपतकालिन मानविय सहयोग गर्ने, नेदरल्याण्डसमा बसोवास गर्ने नेपालीहरूको पहिचान गरि तथ्याँक संकलन गर्ने, विभिन्न कागजातहरूको प्रमाणित तथा नेपाली दुतावास वाट विदेश मा रहेका नेपालीहरूलार्इ उपलब्ध गराइने सुविधाहरूमा नेदरल्याण्डसमा नेपाली दुतावास नभएको यहाँ रहेका नेपालीहरूलार्इ निकै कठिनाइ भएको कुरालार्इ मध्यनजर गर्दै नेदरल्याण्ड्समा नेपाली बाणिज्यदुतावासको स्थापना जोडदार तथा प्रभावकारी पहल गर्ने, विभिन्न सामाजिक, धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरूको प्रवद्धन गर्न, नेपाली साझा घरको अावश्यकता भएकोले स्थापना गर्न पहल गर्ने,NRN नेदरल्याण्डको तर्फबाट नेपालमा विभिन्न आयोजनाहरू संचालन गर्नका लागि नेदरल्याण्डस स्थित विभिन्न संघसंस्था तथा सरकार संग आथिक श्रोतको पहिचान गर्ने र नेदरल्याण्डवासी नेपाली विचमा आपसी सद्भावलाई मजवुत बनाउदै नेपाली समुदायलाई सहकारी( cooperative) को मार्फत व्यापार संचालन गर्न एनआरएन-नेदरल्याण्ड्स मार्फत सहयोगी भुमिका निर्वाह गर्ने उहाँका भावि योजनाहरु रहेका छन् ।

बाग्लुङ्ग जिल्लामा जन्मेका र सामाजिक पृष्ठभुमिबाट आएका आर्चाय नेपालका प्रसिद्ध शंकरदेव क्याम्पस काठमाण्डौका स्ववियु सभापति, ने वि संघका केन्द्रिय सदस्य, तथा नेपालका विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत नेतृत्व गरिसक्नु भएको छ । राजनैतिक तथा सामाजिक जिवनबाट खारिएका आर्चायले समाज सेवामा राम्रो हेक्का राख्दछन् । विना पुर्वाग्रह सवै नेपालीको सहयोगको लागि सधै तयार हुनुहुने उहाँ अाफ्नो राजनैतिक विचारले जे भएता पनि विदेशमा वस्ने जो सुकै नेपालीलार्इ विना स्वार्थ सहयोग गर्नु पर्छ भन्ने मान्यता राख्ने अार्चयलार्इ अहिले सवै राजनैतिक संगठनमा आस्था राख्ने नेदरल्याण्डवासी नेपालीहरूले एनअारएन-नेदरल्याण्डको अध्यक्ष बनाउन लागि परेका छन् । उहाँ २००६ देखि २००८ सम्म गैर आवासीय नेपाली संघको कार्यकारिणी समितिमा, तत् पश्चात नेपाली जनसंपर्क समितिको अध्यक्ष र एनआरएन नेदरल्याण्डका सल्लाहाकार समेत रहनु भएको छ ।
नेदरल्याण्डमा पुराना बसाईमा रहेका नेपालीहरु र नयाँहरु विच भावानात्मक संबन्ध स्थापना गर्नको लागि पुलको काम गरेका र गैर आवासीय नेपाली संघमा दलिय राजनैतिक हुनुहुदैन भन्ने मान्यता राख्ने आर्चाय एनआरएनले उठाएको केहि दोहोरो नागरिकता र नेदरल्याण्डमा नेपाली बाणिज्य दुतवास खोल्ने जस्ता कुराहरुमा राजनैतिक तवरबाट नै समाधान हुने भएकाले नेपाली राजनैतिकमा विषेश पडुँच राख्ने आर्चायप्रति नेदरल्याण्डवासी नेपाली आशावादी छन् ।

नेदरल्याण्डवासी नेपाली समुदायमा अत्यन्तै लोकप्रिय रहेका आर्चायको जित सुनिश्चित रहेको विष्लेषकहरुले बताइएका छन् । र लोकतन्त्रवादी तथा स्वतन्त्र समुहको प्यानल ३१ जुलार्इ आइतबार घोषणा हुन लागेको जनाइएको छ ।

Tuesday, June 28, 2011

एनआरएनमा पहिलो महिला अध्यक्ष

गैर आवासीय नेपाली संघ बेल्जियमको तेश्रो अधिवेशन अन्तरगतको चुनाव संपन्न भएको छ । गैर आवासीय नेपाली संघ बेल्जियमको उक्त चुनावमा श्रीमती जानकी गुरुङ्ग ९३२ मत प्राप्त गरि विजयी भएकि हुन् उनका प्रतिद्धन्दी गम बहादुर गुरुङ्गले ७२७ मत प्राप्त गरेका थिए । श्रीमती गुरुङ्ग एनआरएन बेल्जियमको संस्थापक सदस्य तथा गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद युरोपियन पुर्व सहसंयोजको भुमिका समेत निर्वाह गरिसकेकी छन् ।

उक्त्त निर्वाचनले २ जना आइसीसी सदस्य सहित २१ कार्यसमितिको चयन गरेको छ । जसमा क्रमश: आइसीसी सदस्य अर्जुन कुमार श्रेष्ठ, पिजी शेर्पा, अध्यक्षमा जानकी गुरुङ्ग, उपाध्यक्षमा, बोधराज पौडेल, महिला उपाध्यक्षमा, अनिता लामा, महासचिवमा, शिव कुमार बरुवाल, सचिवमा अनुजा प्रधान कोषाध्यक्षमा राम घले क्षेत्रिय सदस्यहरुमा , सोताङ्ग तामाङ्ग, लिम्वर्ग, पुष्पराज अधिकारी, लुभेन, श्याम सुन्दर उप्रेती, आन्त्रोपेन, मुना राई बुग्रे वस्टिन्डे, डा. राजु श्रीवास्तव, सदस्य गेण्ट, कर्ण बहादुर विक ,ब्रसेल्स त्यस्तै गरि खुल्ला सदस्यहरुमा काजी शेर्पा, पुरुषोत्तम सुवेदी, गजेन्द्र गुरुङ्ग र श्याम कुमार श्रेष्ठ, महिला सदस्यहरुमा। श्रीमती शारदा अर्याल, सुष्मा श्रेष्ठ, दिल कुमारी पुन र सरस्वति सुवेदी र विद्यार्थीहरुमा, श्री हरि राम उपाध्याय विजय भएका छन् । सचिव अनुजा प्रधानले सवै भन्दा बढि ९८३ मत ल्याएर विजयी भएकी छन् ।

नवनिर्वाचित श्रीमती गुरुङ्गले, आफू एनआरएनमा सुरुका दिन देखि नै लागेकाले यसका मर्म अनुसार काम गर्ने र चुनावम २ पक्षिय स्वस्थ प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि यो सवै बेल्जियमा बस्ने गैर आवासीय नेपालीहरुको र ५७ वटा राष्टमा एनआरएन भै सकेको अवस्थामा पहिलो पटक महिला अध्यक्ष भएको कारण यो सवै महिलाहरुको विजय पनि भएको बताउनु भयो । आगामी दिनहरुमा सवै गैर आवासीय नेपालीहरुको भावाना समेटेर जाने प्रतिबद्धता समते जाहेर गरे ।

बेल्जियमको ४ फरक क्षेत्रहरुमा संपन्न भएको निर्वाचनमा कुल १८०५ गैर आवासीय नेपाली संघ बेल्जियमका सदस्यहरुले निर्वाचन मा भाग लिएका थिए । मतगणना पश्चात निर्वाचन आयुक्त शालिक गौतमले निर्वाचन नतिजा घोषणा गर्दै नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गरेका थिए ।

Wednesday, May 18, 2011

पोर्तुगलमा आइतबार मृत फेला परेका कृष्णप्रसाद सुबेदीको चीर शान्तिको कामना

गोबिन्द दाहाल, पोर्चुगल - तामाङ समाज पोर्तुगल को बिशेष आयोजनामा शान्तिका अग्रदुत भागवान गौतम बुद्धको २५५५औ मनाइयो।कार्यक्रमको सुरुपोर्तुगल मा आइतबार मृत फेला परेका कृष्णप्रसाद सुबेदीको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दै मौन धारण पनि गरिएको थियो । बिस्व शान्ति को कामना सहित को पुजा सगै एक भब्य समारोह को बीच लामा धर्म गुरु पाल्जोरा लामा द्वारा पहिला पुजा गरिएको थियो र तत्पस्चात प्रबचनको कार्यक्रम भएको थियो ।

Rua passadico number 120 -2 dtoको एक हल मा गरीय को उत्त कार्यक्रम दिउसो ३ बजे बाट सुरु भएको थियो । कार्यक्रम मा अतिथि को रुप मा नेपाल जनप्रगति शिल मंच का अध्यक्ष रामबहादुर गौचन, युवा संचार कर्मी गोबिन्द दाहाल , जनजाती महासंघ क महासचिब दावा पाख्रिन ,तामाङ् समाज का अध्यक्ष सोम तामाङ लगायत बुद्धधर्मलाम्बी उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा प्रसादको खाएर रमाइलो गरि मनाइएको थियो ।

Wednesday, April 20, 2011

स्यांग्जा सहयोग समाज, यूएईले वनभोज कार्यक्रम आयोजना गर्ने

२१ अप्रिल २०११
विरही रिजाल, अबुधाबी

स्यांग्जा सहयोग समाज, यूएईले नयाँ वर्ष वि.सं. २०६८ को शुभ अवसर पारेर आगामी २९ अप्रिल २०११ शुक्रवारका दिन शुभकामना आदानप्रदान तथा स्यांग्जाबासीहरुको भेटघाटका साथमा वनभोज कार्यक्रम समेत गर्ने जनाएको छ


Saturday, March 5, 2011

जन सम्पर्क समिती जापानद्वारा भट्टराई प्रती हार्दिक समबेदना

जन सम्पर्क समिती जापानद्वारा भट्टराई प्रती हार्दिक समबेदना ब्यक्त गर्दछौं


नेपाली कांग्रेसको सस्थापक नेता तथा पूर्व सभापति श्री कृष्ण प्रसाद भट्टराईज्युको आकस्मिक निधन ले नेपाल जन सम्पर्क समिती जापान स्तब्ध भएको छ । आज को तरल नेपाली राजनीतिमा उहाको निधन नेपाल को राजनीति लाई अपुरणीय क्षति पुर्याएको छ । हामी जापान बासि प्रबासी नेपाली उहा को निधन ले दुखि तथा मर्माहत भएका छौ । लोकतन्त्र प्रति निष्ठावान सन्तनेता आज हामीले गुमाउनु परेको यस दु:खद घडिमा सम्पुर्ण शोकाकुल प्रबासी नेपाली तथा सम्पूर्ण नेपाली लाई ईश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन र उहाँको आत्माले चिर शान्ति पाओस भन्ने कामना गर्दछौं ।



रास्ट्रियता ,समाजबाद र प्रजातान्त्र का नेतृत्वदायी योद्दा सन्तनेता किशुनजी अमर रहुन, जय नेपाल जय नेपाल जय नेपाल



बलराम श्रेष्ट



सभापति



जन सम्पर्क समिती जापान



बिजयिन्त्२००५@यहू।कोम्

Saturday, January 22, 2011

विदेशमा वस्ने नेपाली सबै एकै परिवारः लामिछाने

गैरआवासिउ नेपाली सघंका उपाध्यक्ष जिवालामिछानेले विदेशमा बस्ने नेपाली एकै परिवार भएको उल्लेख गर्नु भएको छ । उक्त कुरा उहांले युएईमा आयोजित एक अन्तरक्रियाकार्यक्रममा बताउनु भएको हो । जिवालामिछानेले विदेशमा रहेका साझा आवाजलाई सम्बन्धित पक्षले सुन्नेहुदा विदेशमा रहेका नेपाली एक हुन आवश्यक रहेको उल्लेख गरे ।


गैर अवासीय नेपाली संघको पाँचौं क्षेत्रिय सम्मेलनमा भागलिन दुबई आएका एनआरएनहरु युएईस्थित लेबर क्याम्पमा पुगी त्यहाँका मजदुरहरुसँग अन्तरकि्रया गरे । करीब ३५ हजार मजदुरहरु बसोवास गर्ने दुबईस्थित सोनापुर क्याम्पस्थित एक रेष्टुरेण्टमा जम्मा भएका कामदार अगुवाहरुबीच छलफल गरी त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।



सहभागीहरुको नेतृत्व गरेका उपाध्यक्ष जीवा लामिछानेले हामी विदेशमा रहेका सबै एकै परिवार भएको उल्लेख गर्दै साझा आवाजलाई सम्बन्धित पक्षले सुन्नेहुँदा एकीकृत हुनु आवश्यक भएको उल्लेख गरे । आफ्नों देश छोडनु पर्ने बाध्यतानै सबै भन्दा ठूलो समस्या हो भन्दै संघका सचिव रतन झाले अमेरिकामा समेत महिनौं सूर्य नदेखेका नेपालीहरु कामदार रहेको उल्लेख गर्दै यहाँ काम गर्दै सीप पनि सिक्दै गर्न आग्रह गरे । संघका कोषाध्यक्ष रामेश्वर शाहले युएईमा निशुल्क भिषा प्राप्त भएपनि सरकारले ७० हजार लिन पाउने व्यवस्था गरेको छ । प्रत्येक व्यक्तिले अर्कोलाई सहयोग पुर्याउन सक्छ तर कसले कसलाई कतिबेला भन्ने थाहा नहुँदा एकीकृत हुन आवश्यकता रहेकोमा जोड दिए । सो संघकी महिला संयोजक उषा शर्माले हामी कामदारका समस्याहरु एक आपसमा खुलेर छलफल गर्नुपर्नेमा जोड दिइन ।

कमर्ज एण्ड ट्रस्ट वैकका कार्यकारी प्रमुख अनलराज भट्टराईले तपाईहरुका दुखको पसिना रिमिट्यान्सको रुपमा नेपाल पठाउनु हुन्छ नेपालका बैंकहरुले कसरी र कुन क्षेत्रमा सहयोग पुर्याउँछ भन्ने कुराको अनुभव बटुल्न आफू उपस्थित भएको बताए । एनसीसी युएईका उपाध्यक्ष चन्द्र रोकाहाले एनआरएनए सामाजिक संस्था भएकोले आपसी सहयोगमा यसलाई माध्यम बनाउन सकिने उल्लेख गरे । समाजसेवी चन्द्र प्रसाद सापकोटाले सामाजिक सचेतना बढाउन हामी छिट्टैनै सबैसँग आउने बाचा गरे ।



यस अघि स्थानीय सहभागीहरुले एनआरएनएन सुकिला मुकिलाहरुको मात्र संगठन नबनोस् भन्दै जनचेतनामुलक कार्यको लागि ट्राफिक नियम तथा अन्य जानकारीमुलक पुस्तिका प्रकाशित गरी वितरण गर्न सुझाएका थिए । इराक अफगानिस्तानमा नेपालीहरुकोलागि रोजगारी खुल्ला गर्नुपर्ने बिषयमा पहल भए ठगी घट्ने हुँदा सरकारलाई यो सुझाव पुर्याइदिन युएईमै रहेका नेपाली दलालहरुबाट ठगिएका पीडितहरुलॆ आग्रह गरेका थिए ।

Saturday, January 1, 2011

बेल्जियममा राष्ट्रिय मेलमिलाप दिवस मनाईयो

नेपाली जनसम्पर्क समिति बेल्जियमको आयोजनामा बेल्जियमको लुभेन सहरमा ३१ डिसेम्बरका दिन ३५ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईएको छ ।  
जनसम्पर्क समितिका अध्यक्ष गंगाधर गौतमको सभापत्वि र संविधानसभाका सभासद पासांङ्ग सेर्पाको प्रमुख आतिथ्यतामा मनाईएको सो कार्यक्रममा नेपाली दुतावास बेल्जियमका उपनियोग प्रमुख दिपक धिताल, जनसम्पर्क समन्वय समित युरोपका उपाध्यक्ष तथा महाधिवेसन प्रतिनिधी बलिराम झा, गैरआवाशिय नेपाली संघ एनसीसी बेल्जियमका अध्यक्ष पिजी शेर्पा, गैरआवाशिय नेपाली संघ आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठ, जनप्रगतिशिल मन्च बेल्जियमका प्रेम पाठक, लोकतान्त्रिक मन्च बेल्जियमका गोपाल सिंखडा, राप्रपा प्रवासी संघ बेल्जियमका महासचिव  दिपेन्द्र केसी, इन्द्र धनुस क्लवकी  अध्यक्ष अनन्त गुरुङ र साँग्रीला समाजका दिपक ज्योति पौडेलको उपस्थिती तथा मन्तब्य  रहेको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि सभासद  पासाङ्ग सेर्पाले महामानव विपी कोइराला तथा लौह पुरुष गणेशमान सिंहको तत्कालिन राष्ट्रिय एकता तथा मेलमिलाप  राष्ट्रबादी नितिले नेपाल तथा नेपाली रहन संभव भएको बताउनु भयो । उहाले  ८५ प्रतिशत संविधान लेखिइसकेको र केहि मुख्य कुराहरुमा सहमति हुन बाँकि रहेको अबस्थामा शंविधान लेखन प्रकृया ढिलो भएपनि संवेदनशिल कुरा भएकोले हतारमा लेखिनु हुदैन भन्ने कुरा पनि राख्नु भयो ।
  कार्यक्रममका सभापति तथा जनसम्पर्क समितिका अध्यक्ष गंगाधर गौतमले उपस्थिती सबैलाई हार्दिक धन्यवाद दिदै  बेल्जियमा  रहेका सम्पुर्ण नेपाली संघ संस्थाहरु नेपाल र नेपालीको हितको लागि एकता तथा मेलमिलापको आधारमा एक भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । 
जनसम्पर्क समितिका कोषाध्यक्ष श्रीमती अनिता लामाको स्वागत, संरक्षक जानकी गुरुङ्गको धन्यबाद र सहमहामन्त्री शालिक गौतमको संचालनमा सम्पन्न भएको थियो