Friday, July 9, 2010

पोर्चुगलबाट नेकाँको कृयाशिल सदश्यता फाराम पठाइयो ।

-भीम के सी कमल

लिस्बन, ५ जुलाई

नेपाली जनसम्पर्क समिति पोर्चुगलले पोर्चुगलमा नेपाली जनसम्पर्क समितिमा आबद्ध भै सकृय रहेका नेपाली काँग्रेसका सदश्यहरुको कृयाशिल सदश्यता आवेदन फाराम केन्द्रले तोकेको समय सिमा भित्र नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा पठाएको जानकारी कृयाशिल सदश्यता बितरण कार्यदलका संयोजक जनसम्पर्क समिति पोर्चुगलका उपाध्यक्ष एबं का वा अध्यक्ष राज कुमार गौतमले दिनु भएको छ ।
कृयाशिल सदश्यता आवेदन फाराम संकलन पश्चात बसेको जनसम्पर्क समिति पोर्चुगल कार्य समितिको बैठकले कृयाशिल सदश्यताको निम्ति केन्द्रमा सिफारिस गरी पठाउने निर्णय गरेको थियो। जनसम्पर्क समिति पोर्चुगलको उक्त बैठकले युरोपीयन काँग्रेसमा पोर्चुगलबाट प्रतिनिधित्व गरी जानको निमित्त पुर्ण हमाल, भीम के सी कमल र रमेश गुरुङलाइ सिफारिस गरेको छ। उक्त बैठकले निकट भबिष्यमा नव आगन्तुक नेपाली दाजुभाइ दिदिबहिनीहरुको स्वागतमा १ कार्यक्रमको समेत आयोजना गर्ने निर्णय गरेको कुरा समितिका सचिब सुरेन्द्र अंगाईले बताउनु भयो ।


अपेक्षित मात्रामा कृयाशिल सदश्य नबनेको आवाज आइरहेको सन्दर्भमा जनसम्पर्क समिति पोर्चुगलका संस्थापक एबं बर्तमान अध्यक्ष पुर्ण हमाललाइ राखिएको जिज्ञाशामा वहाँले केन्द्रको भेदभावपूर्ण नितीका कारण पैदा भएको निरुत्साही वातावरण र सदश्यताको निम्ती निर्धारित शुल्क समेतका कारणले ७५० भन्दा बढि जनसम्पर्क समितिका समर्थकहरु रहेको पोर्चुगलबाट सयको हाराहारीमा मात्र फाराम भरिनु दुख लाग्दो बिषय रहेको बताउदै केन्द्रले स्विकृत गरेका प्रत्येक जनसम्पर्क समितिहरुबाट महाधिबेशनमा न्युनतम २ जनाले प्रतिनिधित्व गर्न पाउनु पर्ने मागलाइ युरोपियन काँग्रेसको बैठक तथा ने काँ महाधिबेशनमा जोडदार रुपमा उठाउने दृढता ब्यक्त गर्नु भएको छ।

No comments:

Post a Comment