शंकर ज्ञवाली, दुबई - नेपाली महिला समाज यूएईको दोस्रो बैठक ९ जुलाई २०१० कादिन बरदुबई स्थित हाईल्याण्ड नेपाली रेष्टुरेन्टमा बिभिन्न निर्णयहरु पारीत गर्दै सम्पन्न भएको छ । श्रीमति राधा ढकालको अध्यक्षता र श्रीमति शोभा भण्डारीले संचालनगरेको बैठकमा समितिका सदस्यहरु साथै थुप्रै आमन्त्रित महिलाहरुको उपस्थिती रहेकोथियो । समितिका सदस्यहरुले छलफलगरी केहि पदहरुमा पदाधिकारीहरुको पदपुर्तिगरेकोछ ।
जसअनुसार उपाध्यक्षमा श्रीमती शिला भटट्राई कोषाध्यक्षमा विनिता थापा र सचिवमा साबित्रा एम सिलाई सर्वसम्मत चयनगरेको छ । उक्त महिला समाजले एक प्रस विज्ञप्ती जारीगर्दै आफ्ना अन्य कार्यक्रमहरु पनि सार्वजनिक गरेकोछ । सार्वजनिक गरेका कार्यक्रम मध्ये नेपाली महिलाहरुले मनाउने महानचाड तिज पर्वलाई यसपाली भव्यताकासाथ यूएईका सम्पुर्ण महिलाहरुलाई समेटी मनाउने भएकोछ । तिज महोत्सव आगामी सेप्टेम्बर १७ तारिका दिन बिविध कार्यक्रम सहित मनाउने योजनातयगरेको छ जसकोलागि अहिलेदेखि नै कार्ययोजना मनाउनलागेको जानकारी गराएको छ ।
महिला समाज पुर्णरुपमा सामाजिक संस्था भएको र यसको उद्धेश्य सामाजिक कार्यहरुगर्ने नेपाल र नेपालीको हितमा कामगर्ने नेपाली महिलाहरुमा सचेतना जगाउने आपत् बिपत्मा परेका नेपाली बिशेषगरी महिलाहरुलाई आवस्यक सक्दो सहयोगर्ने र भईपरि आउने कुनै पनि घट्ना वा दुर्घटनामा परेकालाई सक्दो सहयोगगर्ने लगायतका कुराहरु सार्वजनिक गरेकोछ ।
नेपाली महिला समाजले आफ्नो कार्ययोजना अनुसार समाजको पुर्ण बिधान यथासिघ्र तयारगरी पारितगर्ने भएको छ । र बिधानमा तोकिए अनुसार सबै कार्यहरु गर्ने जानकारी गराएकोछ । साथै समाजले यूएईमा अस्थित्वमा रहेका सबै संघ संस्थाहरुसंग मिलेर सहयोग आदान प्रदानगर्ने भएकोछ । यूएईमा बिशेषगरी नेपाली महिलाहरुको संख्यामा भएको वृद्धिसंगै समस्याहरुपनि त्यही अनुपातमा निकै जटिलहुने गरेको भन्दै त्यस्ता समस्या समाधानकोलागि बिशेष पहलगर्ने भएकोछ ।
No comments:
Post a Comment