ताराकान्त कँडेल जापान, टोकियो - नेपाल जनसम्पर्क समिति जापानको हिरोसिमा शाखाले मातृ पार्टी नेपाली काग्रेसका नेता बलबहादुर राइको सम्झनामा शोक सभा सम्पन्न गरेको छ । हीरोसिमामा रहेका नेपाली ब्यापारी एवम बिभिन्न क्षेत्रसग संबन्धित नेपालीहरुको उपस्थितिमा बुधबार सभा सम्पन्न गरेको हो ।
सभामा संघ संस्थाका प्रतिनिधिहरुले काग्रेसले स्बाभिमान कार्यक्रता एवम देशले प्रजातान्त्रीक नेता गुमाएको बताएका थिए । शोक मन्तब्य दिने सबैले राइको निस्टाको मार्गदर्शनलाइ सबैले आत्मसाथ गर्नु पर्ने कुरामा जोडदिएका थिए । उनिहरुले अनुभबि नेताहरुको अभाब आउन नदिने काम गर्न सबै दलहरुलाइ आग्रह गरेका थिए ।
जनसम्पर्क समिति हिरोसिमा शाखाका अक्ष्यक्ष मुक्तिराम खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपस्थितलाइ सचिब डिलाराम सापकोटले स्वागत गर्नुभएको थियो । संचालन शाखाका सदस्य भिमलाल गैरेले गर्नुभएको थियो । नेपाली कांग्रेसको भात्रृ संगठन जनसम्पर्क समिति जापानले हिरोसिमा रहेका नेपालीहरुको उपस्थीतिमा सभा सम्पन्न गरेको जनाएको छ ।
No comments:
Post a Comment