पाँचथर सेवा समाज शाखा कतारको उप समिती मौवा-आङना पुनर्गठन
छविलाल विश्वकर्मा, दोहाकतार -
पाँचथर सेवा समाज शाखा कतारको उप समिती मौवा-आङना पुनर्गठन गरिएको छ । पाँचथर जिल्लाको मौवा -आङना गाउ बिकास समितीबाट यस दोहा कतारमा आई बिभिन्न कम्पनिहरुमा कार्यरत सक्रिय युवाहरुको सस्था पाँचथर सेवा समाज शाखा कतारको उप समिती मौवा -आङना का अध्याक्ष श्री मौसम खड्का पुन फर्केर नआउने गरी नेपाल जानु भएको ले १४ मे २०१० मा उपाध्यक्ष श्री कमल कार्कीको अध्यक्षता मा र केन्द्रिय समिती का सल्लाहाकार प्रमुख श्री छबिलाल बिश्वाकर्माको उपस्थिमा भएको वृहत भेला ले प्रबासबाटै भए पनि आफ्नो गाउँको बिकास र भई परि आउने दैवि प्रकोप जस्ता बिपत्तीमा परेका असाहय नेपाली दाजुभाई तथा दिदी वहिनीहरुलाई मानविय सहयोग पुर्याउने उदेश्यले गठित पाँचथर सेवा समाज शाखा कतारको उप समिती मौवा -आङना को ।
पुनर्गठन गरिएको छ । जसको अध्यक्ष श्री टेक प्रसाद लावती प्रथम उपाध्यक्ष श्री कमल कार्की द्धितिय उपाध्यक्ष श्री महेश थापा सचिब श्री लोकेन्द्र तामाङ सह सचिब श्री कुमार थापा कोषाध्क्ष श्री आशीम खड्का सदस्यहरुमा श्री टिका खत्रि श्री दुर्गा खड्का र श्री कृष्ण प्रसाद फुयाल रहनु भएको छ । विधीगत रुपमा पाँचथर सेवा समाज शाखा कतारको उपसमिती मौवा -आङना । पुनर्गठन भई सकेकोले अव निकट भविश्यमानै रचनात्मक कार्यक्रमहरु ल्याएर संस्थालाई दरिलो ढंगले साचालन गरिने कुरा उपसमितीका अध्यक्ष श्री टेक प्रसाद लावतीले जानकारी दिनु भयो ।
No comments:
Post a Comment